नेपाल बैंकले तारागाँउ रिजेन्सीको सात लाख कित्ता सेयर बेच्ने, न्युनतम दुई सय रुपैयाँमा बोलकबोल

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
नेपाल बैंकले तारागाँउ रिजेन्सीको सात लाख कित्ता सेयर बेच्ने, न्युनतम दुई सय रुपैयाँमा बोलकबोल
काठमाडौं । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारागाँउ रिजेन्सी होटलको सात लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । बैंकले खुल्ला बोलकबोलबाट यो सेयर विक्री गर्न लागेको हो । 
 
होटल स्थापना गर्दा दिएको कर्जालाई बैंकहरुले सेयर परिणत गरेर बैंकहरु सेयरधनी भएका थिए। यही सेयर नेपाल बैंकले बिक्री गर्न लागेको हो । यस अघि स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस्तो सेयर विक्री गरिसकेको छ । 
बैंकले प्रतिकित्ता न्युनतम दुई सय रुपैयाँमा बोलकबोल गराएर सेयर बेच्न लागेको हो । अहिले यो होटलको सेयर दोस्रो बजारमा प्रतिकित्ता दुई सय ६० रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ । सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । 
 
खरिदकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतमको सीमा तोकिएको छैन । १० लाख रुपैयाँसम्मको सेयर खरिद गर्नेले स्वेच्छिक रुपमा र त्यस माथि अनिवार्य रुपमा प्यान नम्बर पेश गर्नुपर्ने छ । 
 
बैंकको स्वामित्वमा रहेको सेयरको पहिलो हकदार स्पोन्सर लगानीकर्ता हुनेछन् । स्पोन्सर लगानीकर्ता नेपाल बैंकजस्तै अन्य लगानीकर्ता हुन् । समान मूल्य कोट भएमा पहिलो प्राथमिकता यस्ता स्पोन्सर लगानीकर्तालाई हुनेछ । 
 
जेठ ९ गतेसम्म बोलपत्र भर्न पाइनेछ । १० गते विक्री प्रबन्धकले बोलपत्र खोल्ने छ । 
 
 
 
 

Tata
GBIME
Nepal Life