सोमबार तीन सय रुपैयाँले सस्तियो सुन, ५६ हजार सात सय रुपैयाँमा किनबेच, चाँदी पाँच रुपैयाँले घट्यो

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
सोमबार तीन सय रुपैयाँले सस्तियो सुन, ५६ हजार सात सय रुपैयाँमा किनबेच, चाँदी पाँच रुपैयाँले घट्यो


काठमाडौं। साताको दोस्रो दिन सुनको भाउ सस्तो भएको छ। आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको सुनको भाउ सोमबार भने तोलामा तीन सय रुपैयाँले ओरालो लागेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ५६ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुनको भाउ ५७ हजार रुपैयाँ पुगेको थियो।

सुनको भाउ सँगै चाँदी पनि पाँच रुपैयाँले सस्तिएको छ। महासंघका अनुसार सोमबार चाँदी तोलामा आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।