सिभिल बैंकले मुद्दति निक्षेपमा दिने भयो ६.२०% व्याज, न्युनतम पाँच लाख राखेर खाता खोल्न सक्ने

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
काठमाडौं । सिभिल बैंक लिमिटेडले मुद्दति निक्षेपमा ६.२० प्रतिसत व्याज दिने भएको छ । बैंकले ७३ दिने मुद्दतिमा यो दरमा व्याज दिन लागेको हो । यो व्याजदर हालको औसत दर भन्दा बढी हो ।
 

 
ग्राहकले यो मुद्दति खातामा न्युनतम पाँच लाख रुपैयाँ राख्नुपर्ने छ । निक्षेपको व्याजदर निकै न्युन भएको यो अवस्थामा बैंकले नयाँ वर्षको अवसरमा आकर्षक व्याजदर घोषणा गरेको जनाएको छ । यो योजनाबाट निक्षेपकर्ताहरु लाभान्वित हुने बैैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । 
 
सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने बताएको छ । बैंकको हालको चुक्ता पूँजी तीन अर्ब १० करोड, निक्षेप २९ अर्ब २० करोड, कर्जा  २५ अर्ब २० करोड र कूल सम्पत्ति ३३ अर्ब ३७ करोड रहेको छ। 
 
बैंकका हाल ४२ वटा शाखा छन् । इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी यो बैंकसँग गाभिने प्रक्रियामा छ । 
 

Tata
GBIME
Nepal Life