पुँजी बजार १५०० नजिक पुग्यो, ठूला बैंकले तानेपछि नेप्से बढ्यो, गुमाउनेमा लघुवित्तका लगानीकर्ता

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
पुँजी बजार १५०० नजिक पुग्यो, ठूला बैंकले तानेपछि नेप्से बढ्यो, गुमाउनेमा लघुवित्तका लगानीकर्ता
काठमाडौं । पुँजी बजार सूचक १५ सय नजिक पुगेको छ । सोमबार बजार साढे नौं अंकले बढेर १४७४.४७ अंकमा पुगेको हो । 
 
नेप्सेले १५ सयको विन्दु ताकेर अघि बढेको देखिन्छ । बाणिज्य बैंकहरुको सेयर मूल्य बढ्न थालेपछि नेप्सेले १५००को अंकमा पुग्ने देखिएको हो । सोमबार प्रमुख कारोबार हुने १० कम्पनीमा नौ वटा बाणिज्य बैंक परे । यी नौं वटै कम्पनीको सेयर मूल्य बढेको छ ।
 
बाणिज्य बैंकको सेयरमा लगानीकर्ता आकर्षित हुन थालेपछि नेप्सेले १५०० अंक सहजै पार गर्नेछ । कूल ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बाणिज्य बैंक समूहको मात्रै ४८ करोडको किनबेच भयो । 
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर समायोजन भएर कारोबार सुरु हुँदा मूल्य उच्च दरले बढ्यो । यो बैंकको मात्रै प्रतिकित्ता २०४ रुपैयाँले भाउ बढ्यो । यो बैंकले लगानीकर्तालाई २५ प्रतिसत बोनस सेयर दिँदैछ । 
 
नबिल बैंकको सेयर मूल्य पनि प्रतिकित्ता ६५ रुपैयाँका दरले बढ्यो । यही बैंकको सस्थापक समूहको सेयर मुल्य प्रतिकित्ता २४ रुपैयाँका दरले बढ्यो । त्यस्तै एभरेष्ट बैंकको सेयर प्रतिकित्ता ७५ रुपैयाँका दरले बढ्यो । 
 
यी ठूला बाणिज्य बैंकको बजार पूँजीकरण धेरै छ । त्यही कारण यी ठूला बाणिज्य बैंकको सेयर मूल्य बढ्दा बजार पनि उकालो लागेको हो । 
 
लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य पनि प्रतिकित्ता २७० रुपैयाँको दरले बढ्यो । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य पनि प्रतिकित्ता ६८ रुपैयाँका दरले बढ्यो । यही कारण बीमा समूहको बृद्धि पनि उच्च देखियो । 
 
सोमबार केही लघुवित्त कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा मिथिला लघुवित्तका लगानीकर्ता परे । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४५ रुपैयाँको दरले घट्यो । 
 
 
 

Tata
GBIME
Nepal Life