नयाँ बजेट पुनर्निर्माण र पुर्वाधारमा लक्षित, अर्थमन्त्रीले भने- तलव बृद्धिमा बाेल्दिन

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
नयाँ बजेट पुनर्निर्माण र पुर्वाधारमा लक्षित, अर्थमन्त्रीले भने- तलव बृद्धिमा बाेल्दिन
काठमाडौं । सरकारले पुनर्निर्माणलाई केन्द्रमा राख्दै पुर्वाधार निर्माणलाई लक्षित गरेर आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ ।भुकम्प र नाकाबन्दीले आर्थिक बृद्धि दर लक्ष्यभन्दा धेरै कम भएको पृष्ठभूमिमा नेकपा एमालले ल्याउन लागेको बजेटमा 'पपुलिस्ट' कार्यक्रम समेटिने छैनन् ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट मूख्यगरी पुनर्निर्माण केन्द्रित हुने जानकारी दिँदै रोजगारी श्रृजना र गरिवी निवारणमा सहयोग पुग्ने खालको पुर्वाधार आयोजनामा लगानी बढाइने बताए ।'राजश्व संकलन लक्ष्य अनुरुप हुँदैन, आर्थिक बृद्धि दर पनि निकै कम हुने छ' मन्त्री पौडेलले बिजमाण्डूसँग भने, 'यसपाली पुँजीगत खर्च पनि राम्रो भएन । मूल्य बृद्धि दर पनि निकै उक्लियो ।यस्तोमा सबै समस्यालाई हल गर्ने गरी बजेट आउने छ ।'

Tata
GBIME
Nepal Life

मन्त्री पौडेलले पुनर्निर्माण र पुर्वाधार वाहेक नयाँ कार्यक्रम बजेटमा नआउने जानकारी दिँदै भने- पुराना कार्यक्रमले निरन्तरता पाउँछन् । अर्थमन्त्रीले पपुलिस्ट कार्यक्रमका बारेमा चर्चा हुने गरे पनि त्यसका बारेमा आफूलाई थाहा नभएको बताए ।

उनले भने- पपुलिस्ट कार्यक्रम भनेको के हो ?मेरा लागि पपुलिष्ट कार्यक्रम नै पुर्वाधार र पुनर्निर्माण हुने छ । अरु कार्यक्रम आउँदैन । अर्थमन्त्री पौडेलले कर्मचारीको तलव सुविधा बृद्धिका बारेमा अहिले केही नबोल्ने जानकारी दिए । दुई आर्थिक बर्षदेखि कर्मचारीको तलव सुविधा बृद्धि नभएको परिप्रेक्ष्यमा अर्थमन्त्रीले भने- तलव बृद्धिका बारेमा अहिले केही पनि बताउन मिल्दैन ।