सोमबार थानकोटले दियो सात लाख लिटर पेट्रोल, काठमाडौंमा सहज बन्यो पेट्रोल, वाहिर असहज

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
काठमाडौं । नेपाल आयल निगम थानकोट डिपोले सोमबार सात लाख लिटर पेट्रोल दिएको छ । आइतबार मे दिवसका अवसरमा सार्वजनिक विदा परेकोले सोमबार सात लाख लिटर पेट्रोल दिएको हो ।

निगमले सोमबार दिएको पेट्रोल सामान्य समयभन्दा दोब्बर हो । पछिल्लो समयमा काठमाडौंमा पेट्रोल सहज भएको हो । चितवन लगायतका जिल्लामा भने पेट्रोल अझै असहज छ ।  भारतको अघोषित नाकाबन्दी खुलेपनि पेट्रोलको माग अस्वभाविक रुपमा बढेको छ । उपभोक्ताले अस्वभाविक रुपमा स्टक गरेकाले माग बढेको हो ।

Tata
GBIME
Nepal Life

निगमले सोमबार सात लाख ३ हजार लिटर डिजल दिएको छ । डिजलको माग पनि अहिले अस्वभाविक रुपमा बढेको छ । निगमका अनुसार भूकम्प र नाकाबन्दीका कारण ठप्प रहेका आयोजना सुचारु भएकाले डिजलको माग अस्वभाविक भएको हो । निगमका अनुसार अहिले डिजेलको माग २० लाख लिटर छ । तर पछिल्लो समयमा सार्वजनिक यातायातका लागि भने डिजेल सहज भएका छन् । उद्योग,व्यवसाय र आयोजनाले भने माग अनुसार डिजेल पाउन सकेका छैनन् ।