गोर्खा ब्रुअरीको काल्सबर्ग क्लासिक आयोजना, उदयमान गल्फरको उत्कृष्ट मञ्च बन्यो प्रतियोगिता

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
गोर्खा ब्रुअरीको काल्सबर्ग क्लासिक आयोजना, उदयमान गल्फरको उत्कृष्ट मञ्च बन्यो प्रतियोगिता
काठमाडौं । गोर्खा बु्रअरीले नेपाल रोयल नेपाल गल्फ क्लबमा काल्सबर्ग गल्फ क्लासिक आयोजना गर्यो । दुई दिनसम्म चलेको यो खेलमा देशभरीका सय भन्दा बढी गल्फर सहभागी थिए ।

१८ होल्स स्टेबलफोर्ड प्रतियोगितामा १८ ह्यान्डीक्याप पुरुषहरुका र २४ महिलाहरुको लागि भएको थियो । यो सिजनमा १५ वटा विभिन्न विधाका सहभागीहरुलाई पुरस्कृत गरिएको थियो ।  विजेता, उप–विजेता, बेष्ट ग्रस, सिनियर विजेता, महिला विजेता, महिला उप–विजेता, गेष्ट विजेता, बेष्ट फस्ट नाइन (नेट), बेष्ट सेकेण्ड नाइन (नेट), महिला विजेता र अन्य समावेश रहेका थिए । गोर्खा ब्रअरीका प्रवन्ध निर्देशक फिलिप नोर्ले सन् १९९०को अन्त्यतिरबाट सुरु भएको यो प्रतियोगिता आफ्नो स्थापनाकालभन्दा धेरै अघि बढेर उदयमान गल्फरलाई सहभागी गराएको बताए ।

Tata
GBIME
Nepal Life

‘काल्सबर्ग र गल्फको सम्बन्ध दशकौंको प्रायोजनहरुले गर्दा अझ दरिलो भएको छ, उनले भने,  ‘काल्सबर्गले नेपालमा गल्फको गौरवशाली प्रायोजक बन्ने क्रमलाई निरन्तरता दिंदै आएको छ ।’ गोर्खा ब्रुअरीका बजार प्रमुख सन् २०१६ को गल्फिङ सिजनको सम्भवत उत्कृष्ट सुरुवात भएको दावी गरे ।‘काल्सबर्ग र गल्फमा केहि कुरा समान छ, यी दुवैमा अत्यधिक लगन र समर्पणको आवश्यकता पर्छ,’ उनले भने, ‘हाम्रो यो समायोजन प्रति हामी निकै गौरवान्वित छौं र हरेक वर्ष हुने विभिन्न प्रतियोगिताहरुमा पनि हामी यसरी नै निरन्तर प्रायोजन गर्ने कुरामा पनि विश्वस्त छौं ।’ नेपाल गल्फ क्लबका क्याप्टेनका अनुसार काल्सबर्ग गल्फ क्लासिक उदयमान गल्फरहरुका लागि उत्कृष्ट मञ्च रहेको बताए ।