दुरसञ्चार कम्पनीले बाँड्यो पचास प्रतिशत नगद लाभांस, सेवा सुविधा सरकारले तोकेअनुसार पाउने

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
दुरसञ्चार कम्पनीले बाँड्यो पचास प्रतिशत नगद लाभांस, सेवा सुविधा सरकारले तोकेअनुसार पाउने
काठमाडौं। नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७१/७२ को आयकर पछिको १४ अर्ब ५५ करोड ६३ लाख मुनाफा रकम मध्येबाट चुक्ता पुँजीको ५० प्रतिशतका दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यो रकम शेयसधनीले मंगलबारदेखि पाउने भएका छन्।
 

Tata
GBIME
Nepal Life

साधारण सभाले आर्थिक वर्ष २०७१/७२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ । सभाले कम्पनीको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी शर्तहरु नेपाल सरकार, मन्त्रीपरिषदबाट स्वीकृत निर्देशिकामा उल्लेख गरे बमोजिम हुने व्यवस्थालाई समेत पारित गरेको छ।
 
 
कार्यक्रममा सञ्चार सचिव दिनेशचन्द्र थपलियाले ग्रामीण क्षेत्रमा अप्टिकल फाइवर सञ्जाल विस्तार गरी डाटा सेवाको बिक्री वितरणमा प्राथमिकता दिने बताए। उनले लक्ष्य अनुरुप थ्रिजी सेवालाई विस्तार गरिएको र नेटवर्क क्षमतालाई विस्तार गरी आइपी सिडिएमए मा आधारित इभिडिओ सेवा उपलब्ध गराउने तथा वाइम्याक्स सेवा मार्फत डाटा सेवालाई थप प्रभावकारी बनाउने बताए।
 
उनले नियामक निकायबाट स्वीकृति पाउना साथ फोर जी सेवा उपलब्ध गराउने गरी कम्पनीले सम्पूर्ण रुपमा तयारी गरेका तथा कम्पनीको संगठनात्मक स्वरुपमा परिवर्तन गरी चुस्त दुरुस्त बनाउनको लागि कम्पनीको पुनःसंरचनाको कार्य समेत अगाडि बढाइएको जानकारी दिए।