डोल्पामा यार्सा संकलन सुरु, यार्सागुम्बा बिक्री नभएका कारण यस वर्ष सर्वसधारण उत्साहित भएनन्

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016

त्रिपुराकोट । डोल्पा जिल्लाको हिमाली भेगमा यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको छ।
 
वैशाख पहिलो साताबाट नै यहाँका बासिन्दा यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ उक्लने गरेका छन्। सङ्कलनका लागि अन्य जिल्लाबाट समेत सर्वसाधारण डोल्पा आउन थालेका छन्। तर गत वर्ष जस्तो सङ्कलकको हिमाली भेगमा उपस्थिति देखिएको छैन।
 
गत वर्ष सङ्कलन गरिएको यार्सागुम्बा बिक्री नभएका कारण यस वर्ष सर्वसधारण खासै उत्साहित छैनन्। अघिल्ला वर्षहरुमा खचाखच भरिने हिमाली फाँट यस वर्ष सुनसान रहेका सङ्कलक रुपबहादुर खत्रीले बताए। “गत वर्ष सङ्कलन गरेको यार्सागुम्बा बिक्री नभएकाले अहिले पनि बिक्री हुँदैन कि भन्ने चिन्ता छ” उनले भने।
 
गत वर्ष सङ्कलन गरेको करिब २०० यार्सागुम्बा चीन लगेर समेत बिक्री नभएको सङ्कलक हंशबहादुर कठायतको भनाइ छ। जिल्लाका विभिन्न ठाउँका बजारहरु सुनसान छन्। बर्सेनी न्यून मात्रामा यार्सागुम्बा पाउन थालेपछि सङ्कलन गर्न जानेको सङ्ख्या घटदै गएको बताइएको छ। वैशाख अन्तिम सातादेखि असार मसान्तसम्म जिल्लामा यार्सागुम्बा सङ्कलन गरिन्छ। रासस

Tata
GBIME
Nepal Life