मंगलवार सुनचाँदीको भाउ स्थिर, सुन प्रतितोला ५६ हजार सातसय र चाँदी आठ सय रुपैयाँमा कारोवार

बिजमाण्डू
२०७३ बैशाख २१ गते ००:०० | May 3, 2016
मंगलवार सुनचाँदीको भाउ स्थिर, सुन प्रतितोला ५६ हजार सातसय र चाँदी आठ सय रुपैयाँमा कारोवार
काठमाडौं। साताको तेस्रो दिन सुनको भाउ स्थिर रहेको छ। सोमबार तोलामा तीन सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार स्थिर भइ कारोबार भइरहेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ५६ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै चाँदीको भाउ पनि आज स्थिर छ। महासंघका अनुसार सोमबार ८ सय रुपैयाँमा कारोबार  भएको चाँदी आज पनि सोही भाउमा भएको छ।

नेपाली बजारमा सुनचाँदीको भाउ अन्तराष्ट्रिय बजारमा कारोवार हुने  डलर र कच्चातेलको मूल्यका कारण घटबढ हुने गर्दछ। अन्तराष्ट्रिय बजारमा डलर कमजोर भएको कारण सुनचाँदीको भाउ घटबढ हुने गरेको व्यवसायी बताउँछन्।

साताको सुरुवातमा नै तोलामा पाँच सय रुपैयाँले बढेको सुनको भाउ मंगलबार स्थिर रहँदै कारोबार भइरहेको छ।