ग्लोबल र क्विक पेबीच रेमिटेन्समा साझेदारी, साउदीमा रहेका नेपालीले क्विक पेबाट पैसा पठाउन सक्ने

बिजमाण्डू
२०७३ बैशाख २१ गते ००:०० | May 3, 2016
ग्लोबल र क्विक पेबीच रेमिटेन्समा साझेदारी, साउदीमा रहेका नेपालीले क्विक पेबाट पैसा पठाउन सक्ने
काठमाडौं । रेमिटेन्सको कारोबार सहज बनाउन ग्लोबल आइएमई बैंकले साउदी अरेवियाको नेशनल कर्मसियल बैंकको क्विक पेसँग मिलेर कारोबार थालेको छ । ग्लोबलले यो बैंकसँगको साझेदारीमा नेपाल रेमिटेन्स पठाउन लागेको हो । 
यो सेवा सुरु भएसँगै अब साउदी अरेवियामा रहेका नेपालीहरुले क्विक पे सेवाका एक सय ५० वटा एजेन्ट मार्फत पैसा पठाउन सक्नेछन् । क्विक पे मार्फत पठाएको पैसा नेपालमा ग्लोबल आइएमई बैंकका सबै शाखा, आइएमई रेमिटेन्सका एजेन्टहरु र एस रेमिटका एजेन्टबाट तुरुन्त भुक्तानी लिन सकिने छ । 
 
ग्लोबल आइएमई बैंकले स्थापना काल देखि नै युएई, कतार, बहराईन, भारत, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरिया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरुसँगको सहकार्यमा रेमिटेन्स कारोबार गरिरहेको छ । 
 

Tata
GBIME
Nepal Life