बोनस सेयर निश्चित दिनमै डिम्याट खातामा जम्मा गर्न बोर्डले निर्देशन दिने, पहुँच भएकाले छिटो पाए

बिजमाण्डू
२०७३ बैशाख २१ गते ००:०० | May 3, 2016
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोनस पारित भएको निश्चित दिन भित्रै लगानीकर्ताको खातामा जम्मा गर्न निर्देशन नै जारी गर्ने भएको छ । बोनस तथा हकप्रद लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्नुपर्ने प्रावधान छ । 
 
तर कति समय भित्र खातामा जम्मा हुने भन्ने स्पष्ट नहुँदा सर्वसाधारण लगानीकर्ताले समयमै सेयर नपाउने संभावना रहेको भन्दै बोर्डले समय तोकेर नयाँ निर्देशन जारी गर्न लागेको हो ।
 
कम्पनीको साधारण सभाले पारित गरेपछि बोनस सेयर वितरण प्रक्रिया सुरु हुन्छ । स्टक एक्सचेन्जमा सेयर सूचीकरण हुनासाथ यस्तो सेयर कारोबार गर्न पाइन्छ । पहुँच भएका लगानीकर्ताले तत्काल आफ्नो डिम्याट खातामा सेयर जम्मा गराउने र मर्चेन्ट बैंकर र कम्पनीमा पहुँच नभएका सर्वसाधारण लगानीकर्ताको खातामा ढिला सेयर जम्मा हुने संभावना बढेकोले समय सीमा तोकेर निर्देशन दिने धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।
 
यही आर्थिक वर्षबाट बोनस डिम्याट खातामा जम्मा हुने प्रावधान लागु भएको हो । केही कम्पनीले अहिलेपनि कागजी प्रमाण पत्र पनि दिइरहेका छन् । सबै लगानीकर्ताले डिम्याट खाता खोलि नसकेकोले कागजी प्रमाणपत्र पनि दिइएको हो । 
 
डिम्याट खातामा सेयर जम्मा गर्दा भेदभाव भएको पाइएको बोर्डका अधिकारीहरु बताउँछन् । निश्चित समय भित्रै सबैको खातामा विना भेदभाव सेयर जम्मा होस भनेर बोर्डले निर्देशन दिने तयारी गरेको हो । 
 
हकप्रद सेयर पनि खातामै जम्मा हुने व्यवस्था गरिएको छ । हकप्रद बाँडफाट भएको निश्चित दिनमा खातामा सेयर जम्मा हुने व्यवस्था गर्न बोर्डले निर्देशन दिने तयारी गरेको छ । 
बोनस तथा हकप्रद सेयर डिम्याट खातामा 
 

Tata
GBIME
Nepal Life