कैलाश विकास बैंकले बढायो पाँच करोड रुपैयाँ नाफा, चैतसम्म २१ करोड २७ लाख रुपैयाँ खुद नाफा

बिजमाण्डू
२०७३ बैशाख २१ गते ००:०० | May 3, 2016
काठमाडौं । कैलाश विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म पाँच करोड रुपैयाँ नाफा बढाएको छ। यो बैंकले चैत मसान्तसम्म २१ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिसम्म बैंकले १६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
 
बैंकले निक्षेप तथा कर्जा लगानी बढाएको छ । यसले बैंकको नाफा बढाउन सहयोग गरेको हो । बैंकले गत वर्षको चैतको तुलनामा यस वर्ष दुई अर्ब रुपैयाँ निक्षेप बढाएको छ भने कर्जा पनि सोही अनुपातमा थपेको छ । बैंकले चैत मसान्तसम्म १० अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने नौ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकले तेस्रो त्रैमासिक अवधिसम्म जम्मा ३७ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३१ करोड थियो । बैंकलाई नाफा बढाउन राइटव्याकले पनि सहयोग गरेको छ । यो वर्ष बैंकले दुई करोड रुपैयाँ राइटव्याक गर्यो । 
 
गैह्र सञ्चालन नाफा पनि बैंकको निकै छ । यो शीर्षकमा बैंकले सात करोड रुपैयाँ कमाएको छ । ५६ लाख रुपैयाँ विदेशी विनिमयको कारोबारबाट नाफा कमाएको छ । 
 
यो बैंकमा मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स गाभिँदै छन् । यी दुई वटा सस्था गाभिएपछि कैलाशलाई पुँजी साढे अर्ब पुर्याउन सहज हुनेछ । अहिले बैंकको चुक्ता पुँजी एक अर्ब ११ करोड रुपैयाँ छ । 
 

Tata
GBIME
Nepal Life