यही सूचनाको आधारमा ग्यास उपलब्ध हुने निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यासका लागि कन्ट्रोल रुमको व्यवस्था गरेको छ । ०१–४२६२५८६ मा टेलिफोन गरेर ग्यासको बारेमा सबै जानकारी पाउने व्यवस्था गरेको निगमले जनाएको छ । अरु पेट्रोलियम पदार्थको हकमा पनि छुट्टै टेलिफोनको व्यवस्था गरेको छ ।
निगमले ०१–४२६३४८१,४२६३४८२ र ४२६४६०० मा टेलिफोन गरेर अरु पेट्रोलियम पदार्थको आपूर्ति बारेमा जानकारी पाउने निगमले जनाएको छ । निगमले पेट्रोलियम पदार्थको आपूर्ति माग अनुसार भएपनि अभाव नघटेपछि यो व्यवस्था गरेको हो । निगमका अनुसार भारतबाट माग अनुसारको पेट्रोलियम पदार्थ आइरहेको छ । निगमले माग अनुसार पेट्रोलियम पदार्थ बजारमा पठाइरहेको जनाउँदै यस्तो अवस्थामा पनि केही समूहले अनावश्यक हल्ला फैलाउने काम गरेको जनाएको छ ।
निगमबाट सोझै खरीद गर्ने ठूला उपभोक्तालाई समेत सहज रुपमा पेट्रोलियम पदार्थ दिइरहेको जनाएको छ । भारतको अघोषित नाकाबन्दी खुलेको तीन महिना पुग्न लाग्दा पनि पेट्रोलियम पदार्थ सहज हुन सकेको छैन । खाना पकाउने ग्यासको अभाव अझै हटेको छैन । काठमाडौं उपत्यकामा पेट्रोल र डिजेल सहज भएपनि काठमाडौं वाहिरका जिल्लाहरुमा पेट्रोलको अभाव यथावत छ । अहिलेपनि केही कम पेट्रोलियम पदार्थ दिनेवितिकै अभाव सुरु हुने गरेको छ ।