तपाईको डिभाइसमा वाइफाइ सिग्नल कमजोर आयो, यी उपायहरु अपनाउनुस् वाइफाईको सिग्नल बढ्छ

बिजमाण्डू
२०७३ बैशाख २१ गते ००:०० | May 3, 2016
काठमाडौं। वाइफाई भन्नेवित्तिकै तपाइले सोचिहाल्नु भयो होला अफ्नो घरको वाइफाइ किन स्लो भइराख्छ। झन्जट नमान्नुहोस् तपाइले अफैँ पनि वाइफाइको सिग्नललाई धेरै बलियो बनाउन सक्नुहुनेछ।

Tata
GBIME
Nepal Life

तपाइँको घरमा वा छिमेकीको घरमा वाइफाइ भएको राउटर राख्नुभएको छ र सिग्नल कमजोर आएको जस्तो लागिरहेको छ भने त्यसको समाधान गर्ने यी ट्रिकहरु फलो गर्नुहोस वाइफाइको सिग्नल फास्ट हुन्छ।

इन्टरनेट सर्भिस कस्तो छ चेक गर्नुहोस्

सवैभन्दा पहिले तपाइले लिएको इन्टरनेट कति स्पिडको हो यकिन हुनुस् जसका कारण इन्टरनेट कुन अवस्था र स्पिडको छ थाहा हुन्छ।

घरको विच भागमा राउटर राख्नुहोस्

राउटर राख्दा घरको विचभागमा पर्ने गरी राख्नुस् । विच भागमा राखेर मात्र हुँदैन सकभर कुनैपनि वालले नछेकिनेगरी राख्यो भने सिग्नल सबैतिर जान्छ। यसो गर्दा घरका सबै भागमा वाइफाइ सिग्नल बराबर हुन्छ र इन्टरनेट फास्ट हुन्छ।

वाइफाई पासवर्ड स्ट्रङ राख्नुहोस्

तपाइँको पासवर्ड सजिलो भयो भने मानिसहरुले चोर्न सक्छन् । आफूले भन्दा अरुले बढी इन्टरनेट चलाउने सम्भावना हुन्छ । सँधै पासवर्ड राख्दा पुरानो राउटर छ भने डब्लुपिए र नयाँ राउटर छ भने डब्लुपिए टु पिएस्के मिक्स अप्सनको पासवर्ड साख्दा राम्रो हुन्छ। त्यस्तै राउटरमा वाइफाइको पासवर्ड राख्दा अंक अक्षर र सिम्बोलको तीनै कुराको प्रयोग गर्दा ह्याकरवाट बच्न सकिन्छ।

वायरलेस च्यानल वा एन्टेनाको प्रयोग गर्नुहोस्

वायरलेस एडप्टर वाइफाइका स्ट्रेन्थ बढाउनका लागि महत्वपूर्ण मानिन्छ। आप्नो घर वा नजिकमा अन्य वाइफाइ नेटवर्क छन् भने वाइफाई एनालाइजर वा एक्सेस प्वाइन्ट ९एपी० को सहायतामा पनि वाइफाइ सिग्नल स्ट्रोङ बनाउन सकिन्छ।

राउटरको पोजिसन

तपाईले कुन दिशातर्फ राउटर राख्नुभएको छ राउटरको पोजिसनले पनि वाइफाइ सिग्नललाई प्रभाव पार्छ । यसका लागि क्लाउडचेकको सहायता लिन सकिन्छ । यसबाट वाइफाइ रुट पत्ता लगाएर कता कता सिग्नल जान्छ र कहाँ कमजोर छ त्यता पट्टि फर्काउन सकिन्छ ।

राउटरलाई भुइँमा नराख्नुहोस्

राउटरलाई कहिले पनि भुइँमा नराख्नुस्। सके सम्म ३ फिट माथि राख्दा वाइफाइको सिग्नल चारै दिशमा जान्छ। भुँइमा राख्दा राउटरको सिग्नल एकतर्फ मात्र जानेहँदा  अर्कोतर्फ समस्या हुन्छ।

अन्य इलेक्ट्रोनिक्स उपकरणवाट राउटरलाई टाढा राख्नुहोस

राउटरलाई टेलिभिजन, रेडियो,  फोनसेट, फ्रिज, ओभन लगायत विभिन्न विद्युतीय उपकरणबाट टाढा राख्नु पर्छ । यस्ता उपकरणलमा उत्पन्न हुने रेडियो वेभ र म्याग्नेटिक फिल्डका कारणले वाइफाइ सिग्नललाई बाधा उत्पन्न गर्छन् र सिग्नल टाढासम्म पुग्दैन।

यति गर्दापनि वाइफाई राम्रोसँग चलेन भने जाँच गर्नुस् कि तपाइँको इन्टरनेट सर्भिस नै कमजोर छ। माथि उल्लेखित सबै कुरामा ध्यान दिँदा पनि इन्टरनेट स्लो छ भने इन्टरनेट सर्भिस प्रोभाइडरलाई कम्पलेन गर्नुहोस आएर मर्मत गरिदिन्छन्।

एजेन्सीको सहयोगमा