बुधबार दुई सय रुपैयाँले सस्तियो सुन, ५६ हजार पाँचसय रुपैयाँमा किनबेच, चाँदी १० रुपैयाँले घट्यो

बिजमाण्डू
२०७३ बैशाख २२ गते ००:०० | May 4, 2016
बुधबार दुई सय रुपैयाँले सस्तियो सुन, ५६ हजार पाँचसय रुपैयाँमा किनबेच, चाँदी १० रुपैयाँले घट्यो
काठमाडौं। साताको चौथो दिन सुनको भाउ दुईसय रुपैयाँले धटेको छ। मंगलबार स्थिर रहेको सुनको मूल्य तोलामा दुईसय रुपैयाँले घटेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ५६ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै चाँदीको भाउ पनि आज  धटेको छ। महासंघका अनुसार मंगलबार ८ सय रुपैयाँमा कारोबार  भएको चाँदी आज सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाली बजारमा सुनचाँदीको भाउ अन्तराष्ट्रिय बजारमा कारोवार हुने  डलर र कच्चातेलको मूल्यका कारण घटबढ हुने गर्दछ। अन्तराष्ट्रिय बजारमा डलर कमजोर भएको कारण सुनचाँदीको भाउ घटबढ हुने गरेको व्यवसायी बताउँछन्।