तपाइले पढेको कुन डिग्रीले भविष्यमा धेरै रिफण्ड दिन्छ, अहिले नै टुङ्गो लगाउनुस्, पढ्न थाल्नुस्

बिजमाण्डू
२०७३ बैशाख २२ गते ००:०० | May 4, 2016
तपाइले पढेको कुन डिग्रीले भविष्यमा धेरै रिफण्ड दिन्छ, अहिले नै टुङ्गो लगाउनुस्, पढ्न थाल्नुस्
काठमाडौं। विश्वमा अर्थतन्त्रको सवैभन्दा ठूलो मेरुदण्ड भनेको स्किल्ड मेनपावर हो।  विश्वको अर्थतन्त्रलाई निरन्तर रुपमा अघि बढिरहन त्यस्तै म्यानपावरको आवश्यकता पर्दछ र परिरहन्छ। आजको विश्वव्यापिकरणको युगमा आफ्नो क्षमतासगसँगै आइटीको पनि विशेष ज्ञान रहनुपर्ने हुन्छ।

Tata
GBIME
Nepal Life

सन् १९७२ मा अमेरिकामा भएको एक अध्ययनले विश्वमा २५ देखि ३५ बर्ष पुगेका र युनिभर्सिटीवाट डिग्री लिएका मानिसहरुको बजार हिस्सा २२ प्रतिशत रहेको थियो भने सन् २०१६ सम्म आइपुग्दा यो दर बढेर ७० प्रतिशत पुगेको देखिएको छ।

यानिकी हाल विश्वको धेरै देशहरु अमेरिकी सब कन्टिनेन्ट, युरोप र मध्य तथा पुर्वी एसिया लगायतका मुलुकहरुमा चलायमान र उत्पादनमुलक अर्थतन्त्र धान्नका लागि ७० प्रतिशत स्किल्ड र डिग्री गरेका व्यक्तिहरु रहेका छन्।

तर विश्वविद्यायलहरुले पढाई खर्चमा विषयअनुसारको रकम लिने गरेका छन्। विश्वविद्यालयहरु आफ्नो स्पेसिफिकेसन र सेवा दिने कार्ययोजना अनुसार आफ्नो क्षेत्रमा अझ प्रख्यात भइरहेका छन्। उनीहरुले थ्योरिटिकल र प्राक्टकल बेस बनाएर बिषयको खर्च निर्धारण गर्ने गर्दछन्।

एसिया, युरोप र अमेरिकाका विभिन्न देशमा गरिएको अध्ययनअनुसार इन्जिनियरिङ र कम्प्युटर साइन्समा डिग्री गरेका व्यक्तिहरुले सवैभन्दा धेरै कमाएको बताएको छ र नेपालमा पनि यी क्षेत्रहरुमा कमाइका हिसाबले धेरै माथि रहेको छ।

इन्जिनियरिङ
अध्ययन अनुसार इन्जिनियरहरुले उनीहरुको सुरुवातदेखि लगानीको १२ प्रतिशत एक बर्षमा कमाउने गरेको देखिएको छ, जबकी युरोप र अमेरिकामा इन्जिनियरलाई सामान्य जागिर मात्र मानिन्छ।

इकोनोमिक्स
त्यस्तै विजनेश र इकोनोमिक्समा डिग्री गरेकालाई पनि धेरै रकम दिइन्छ। यो क्षेत्रमा डिग्री गर्नेहरुले उनीहरुको सुरुवातदेखिको लगानीको ८.७ प्रतिशत एकै बर्षमा कमाउने गरेको देखिएको छ।

मेडिकल डाक्टर
त्यस्तै एमविविएसको डिग्री लिएको छ भने उसले लगानीको पाँच प्रतिशतमात्र रकम फिर्ता लिन सकेको जनाएको छ भने कुनै विषयमा स्पेशलिस्ट हुँदै एमडी गरेको छ भने उसले लगानीको सात प्रतिशतसम्म रकम फिर्ता लिन सकेको देखिएको छ।


 
सोसियल साइन्स
आर्टस र ह्युम्यानिटिजमा डिग्री गर्नेहरुको पैसाभन्दा धेरै इज्यत पाउने गरेको अध्ययनले देखाएको छ। सुरुवाति अबस्थामा धेरै रकम नपाएपनि करियरको मध्यसमयमा उनीहरुले सवैभन्दा धेरै कमाउने गरेको देखिएको छ। उनीहरुले सुरुवाति अवस्थामा लगानीको तीन प्रतिशत एक बर्षमा फिर्ता लिने गरेको पाइएको छ भने करियरको मध्यसमयमा १४ देखि १७ प्रतिशतसम्म लगानी फिर्ता लिने गरेको देखिएको छ।

आर्टस् र ह्युम्यानिटिज पढ्नका लागि नेपालसहित एसियन मुलुकमा तुलनात्मक रुपमा धेरै सस्तो रहेको छ भने अमेरिका र युरोपका यनिभर्सिटीहरुमा यो विधा पढ्नका लागि इन्जिनियर, कम्प्युटर साइन्स र इकोनोमिक्सभन्दा लगभग डबल पर्ने गर्दछ।

नेपालमा भने डाक्टर, इन्जिनियर, पाइलट, इकोनोमिक्स र त्यसपछिमात्र आर्टस्को विधालाई रोज्ने गरिन्छ। यी माथिका विधाहरुमध्ये डाक्टर, इन्जिजियर र पाइलट पढ्नका लागि धेरै रकम लाग्ने गरेको छ भने इकोनोमिक्स र सोसियल साइन्स पढ्नका लागि कम पैसा भएपनि पुग्दछ। 

दि इकोनोमिस्टको सहयोगमा