भारतको १३ सय किलोमिटर टाढाबाट ग्यास आउँदै , विश्वकै अत्याधुनिक रिफाइनरीभित्र पर्छ पारादीप

बिजमाण्डू
२०७३ बैशाख २२ गते ००:०० | May 4, 2016
काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनको पारादीप रिफाइनरीबाट ग्यास ल्याउने भएको छ । नेपालसँग नजिकका रिफाइनरीबाट माग अनुसार ग्यास आपूर्ति नभएपछि निगमले पारादीप रिफाइनरीबाट ग्यास ल्याउन लागेको हो ।

निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले पारादीपबाट ग्यास ल्याउने बारेमा छलफल सुरु भएको बताउँदै त्यो आइओसीसँग ग्यासको कोटेशन मागेको बताए ।हामीले आइओसीसँग कोटेशन मागेको छौ । त्यो कोटेशन हेरेपछि ग्यास ल्याउने निर्णय गर्छौ, उनले बिजमाण्डूसँग भने, अहिले ल्याइरहेको जस्तै मूल्य भए तत्कालै ल्याउन थाल्नेछौ । आयल निगम र आइओसीवीच गत साता कोलकोतामा भएको बैठकमा आइओसीले पारादीप रिफाइनरीबाट ग्यास ल्याउन प्रस्ताव गरेको थियो ।
 
 तर निगमले आपूर्ति मन्त्रालयसँग छलफल गरेर मात्रै निर्णय गर्ने जानकारी गराएको थियो । अहिले नेपालले ग्यास ल्याइरहेका रिफानरीभन्दा पारादीप झन्डै एक हजार किलोमिटर टाढा छ । नेपालबाट झन्डै १३ सय किलोमिटर टाढा रहेकोले ढुवानी भाडा महँगो हुने भएकाले निगमले पारादीपबाट ग्यास ल्याउने बारे निर्णय गर्न सकेको छैन । आपूर्तिमन्त्री गणेशमान पुनले ग्यास आपूर्ति सहज बनाउन पारादीपबाट ग्यास ल्याउने निर्णय भइसकेको बताउँदै दुर्इ साताभित्रै पारादीपबाट ग्यास आउने जानकारी दिए ।

Tata
GBIME
Nepal Life

हामीले सबै विकल्प खोजेर ग्यास आपूर्ति सहज बनाउन खोजिरहेका छौ,  बुधवार नेपाल चेम्बर अफ कमर्शद्धारा आयोजित छलफल कार्यक्रममा उनले भने,पारादीपबाट ग्यास ल्याएर भएपनि आपूर्ति सहज बनाउनेछौ । नेपाललार्इ अहिलेसम्म बरौनी, हल्दिया र मथुरा रिफाइनरीबाट ग्यास दिइरहेको छ । यी रिफाइनरीबाट नेपाललार्इ आवश्यक पर्ने ग्यास आइओसीले दिन सकेको छैन । जाडोको समयमा सधै माग अनुसार आपूर्ति नभएर ग्यासको हाहाकार हुने गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार पारादीपबाट ग्यास नल्याउने हो भने ग्यास अभाव कहिल्यै हटदैन् ।

आइओसीले अहिले विभिन्न रिफाइनरीबाट दिइरहेको ग्यासले अभाव हट्दैन । उपभोक्ताले सधै सास्ती भोगिरहनुपर्छ, उनले भने, पारादीपबाट ग्यास ल्याउँदा दूरीका हिसाबले केही महँगो पर्छ । तर सरकारले नाफा/घाटा हेर्ने होइन जनताको सुख हेरेर महँगो भएपनि ल्याउनुपर्छ । अहिले मासिक २८ हजार टनको दरले ग्यास आइरहेको छ । पारादीपबाट माग अनुसार ग्यास ल्याउन सकिने अवस्था छ ।
 
कस्तो छ पारादीप रिफाइनरी ?
भारतकै सबैभन्दा ठूलो रिफाइनरी पारादीप भुवनेश्वरमा छ । यो रिफाइनरीको क्षमता वार्षिक १५ करोड टन छ । यो विश्वकै सबैभन्दा अत्याधुनिक रिफाइनरीभित्रै पर्छ । यो रिफाइनरीले हेभि सल्फर क्रुड आयल प्रशोधन गर्न सक्छ ।

यो रिफाइनरीबाट ५६ लाख टन डिजेल,३७ लाख ९० हजार टन पेट्रोल, १९ लाख ६० हजार टन हवार्इ इन्धन/मट्टितेल र खाना पकाउने ग्यास ७ लाख ९० हजार टन वार्षिक रुपमा उत्पादन गर्ने क्षमता छ ।

यो रिफाइनरीबाट विश्वमै उत्पादन भएका पेट्रोलियम पदार्थ उत्पादन हुन्छ । उडिसा सरकार र आइओसीवीच कर छुटको सम्झौता भएकोले पारादीपबाट प्रशोधित पेट्रोलिमय पदार्थ सस्तो हुन्छ । यो वाहेक हल्दिया,बरौनी र पारादीपवीच पाइपलाइन निर्माणको लागि सम्झौंता भइसकेको छ । यो  पाइपलाइनबाट कच्चा तेल आउने वितिकै हल्दियाको उत्पादन क्षमता पनि बढ्छ ।

 
.