
वाइसिएलले बिहीबार बिहान विज्ञप्ती जारी गर्दै एनसेल कम्पनीको मुल्य नेपाली जनताले तिरेको सानो सानो रकमबाट सिर्जना भएको भन्दै त्यसबाट उन्मुक्ति खोजेमा प्रतिरोध गर्ने चेतावनी दिएको हो।'सम्पत्ति जुन देशमा सिर्जना भएको हुन्छ राजस्व त्यही देशले पाउनुपर्छ' वाइसिएलले भनेको छ 'नेपाली जनताले तिरेको शुल्कबाट आर्जित सम्पत्तिमा लाग्ने करको मालिक नेपाली जनता नै हुन्। नेपाली जनतालाई छलेर केही सिमित व्याक्ति तथा संस्थालाई लाभ हुने गरी करबाट उन्मुक्ति दिन पाईंदैन।'
अध्यक्ष आरसी शर्मा र महासचिव दीपशिखाले जारी गरेको विज्ञप्तीमा नेपालको आयकर कानुनले पनि कर लिने व्यवस्था ग्यारेन्टी गरेको भन्दै यदि कसैले कानुनको गलत व्याख्या गरेर कर उन्मुक्ति दिन खोजे प्रतिरोध गर्ने चेतावनी दिइएको छ।
 - Copy.jpg)
एनसेलको मोवाइल फ्रिक्वेन्सी नेपालको प्राकृतिक साधन हो भन्दै वाइसिएलले त्यसको उपयोग गरेर सिर्जना गरिएको सम्पत्ति खरिद बिक्री हुँदा लाग्ने करको हकदार नेपाल सरकार नै हुनुपर्ने बताएको छ।
'कानुनको अपव्याख्या, अफसोर डिलका लागि सेल कम्पनी खडा तथा धेरै तहमा स्ट्रिपर कम्पनीको स्थापना गरेर अर्वौं रुपैयाँको राजस्व छल्ने प्रपञ्च गरियो' उसले भनेको छ 'सँगसँगै अर्वौ रुपैयाँको राजस्व आम्दानी मार्नका लागि सरकार तथा केही भ्रष्ट कर्मचारीले गरेको गलत लविङ पनि जिम्मेवार छ।'
संसदको अर्थ, विकास तथा लेखा समितिले एनसेल खरिदबारे छलफल गरेर किनारा नलागाइ छाड्नु शंकास्पद रहेको वाइसिएलले जनाएको छ। सञ्चार माध्यमहरुले निरन्तर खबरदारी गरेपनि सरकारले सत्य तथ्य जानकारी नगराउनुले सरकार नै राजस्व उठाउने विषयमा गम्भीर नभएको शंका उब्जिएको वाइसिएलले बताएको छ। यस विषयमा अर्थ मन्त्रालय र मन्त्री जिम्मेवार रहेको वाइसिएलले आरोप लगाएको छ।










