लुम्बिनी बैंकका लगानीकर्ताले १०० सेयर बराबर बिओकेको ८२ कित्ता पाउने, बिओकेको एजिएम जेठ १७ मा

बिजमाण्डू
२०७३ बैशाख २३ गते ००:०० | May 5, 2016

Tata
GBIME
Nepal Life

काठमाडौं । बैंक अफ काठमाण्डूसँग लुम्बिनी बैंक १०० कित्ता वरावर ८२ कित्ता सेयर अनुपातमा गाभिने भएको छ । दुबैं बैंकबीच सेयर आदनप्रदान अनुपात पाँच महिनाअघि मर्जर सम्झौता हुँदै टुङ्गो लागेको थियो ।
 
विओकेले जेठ १७ का दिन बोलाएको साधारणसभा सम्बन्धि सुचनामा सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) आधारमा सेयर आदनप्रदान अनुपात टुङ्गो गरिएको जनाएको छ ।
 
अहिले बैंक अफ काठमाडौंको ५१ शाखा सञ्चालनमा छन् । बैंकले छिट्टै नयाँ शाखा खोल्ने तयारी गरेको छ । यस्तै लुम्बिनीको देशभर १८ शाखा छन् । देशका विभिन्न स्थानमा बिओकेको ५७ तथा लुम्बिनीका पाँचवटा एटिएम सञ्चालनमा छन् ।