माछापुच्छ्रे र जनताको मर्जरमा नयाँ टुइस्ट, दुबै बैंकको संयुक्त वोर्डले यस्तो गर्‍यो निर्णय

बिजमाण्डू
२०७३ बैशाख २३ गते ००:०० | May 5, 2016
काठमाडौं । माछापुच्छ्रे बैंक र जनता बैंकको संयुक्त वोर्ड वैठकले मर्जर तोडिएको जानकारी राष्ट्र बैंकलाई गराएको छ ।
 
जनता बैंकलाई गाभ्ने सहमतिबाट पछाडि फर्किएको माछापुच्छ्रे बैंकले आफ्नै हिसावले पुँजी पुर्‍याउने निर्णय गर्दै मर्जर तोडिएको जानकारी राष्ट्र बैंकलाई दिएको थियो । माछापुच्छ्रेको निवेदनपछि नियमन विभाग अन्तर्गत रहेको 'मर्जर डेक्स' ले सहमति गर्न निर्देशन दिएको थियो ।
 
दुबै बैंकबीच मिलापत्र हुन नसकेपछि राष्ट्र बैंकले मर्जर तोड्ने निर्णय संयुक्त रुपमा गरेर आउन भन्यो । राष्ट्र बैंकको निर्देशन अनुसार दुबै बैंकको सञ्चालक समिति सदस्यहरुको संयुक्त वैठकले मर्जरमा नजाने निर्णय गर्‍यो । त्यही निर्णयको प्रति वोकेर दुबै बैंकले मर्जर डेक्समा निवेदन दिएका छन् ।

Tata
GBIME
Nepal Life