तोयोकाराग्गको चौथो आउटलेट दरबारमार्गमा खुल्यो, ३०० जना अटाउन सक्ने क्षमता र मिटिङ हल पनि

बिजमाण्डू
२०७३ बैशाख २३ गते ००:०० | May 5, 2016
तोयोकाराग्गको चौथो आउटलेट दरबारमार्गमा खुल्यो, ३०० जना अटाउन सक्ने क्षमता र मिटिङ हल पनि


काठमाडौं । तोयोकाराग्गे (जापानिज फ्राइड चिकेन)ले दरबारमार्गमा आउटलेट खोलेको छ । तायोकाराग्गेको काठमाडौंमा यो चौथो आउटलेट हो । यस अघि कम्पनीले थापाथलीको ट्रेड टावर, महाराजगञ्ज र भाटभटेनीमा आउटलेट खोलिसकेको छ । 
 
एकपैटक तीन सयसम्मलाई आतित्यथा प्रदान गर्न सक्नेगरी दरबारमार्गको शेर्पामल परिसरमा यो आउटलेट खुलेको हो । नेपालका लागि जापानी राजदूत मासासी ओगावाले बुधबार आउटलेट उदघाटन गरेका हुन् । 
 

 
रेष्टुरेण्ट व्यवसायमा निकै लामो समय विताएका क्याफेरिनाका सञ्चालक किशोर पाण्डेको सहकार्यमा यो आउटलेट खुलेको हो । यसमा महाराजगञ्ग शाखाको समेत लगानी रहेको जानकारी दिइएको छ । 
 
जापानमा ३० वटा भन्दा बढी रेष्टुरेण्ट सञ्चालन गर्दै आएको तोयोकाराग्गेका अन्य थुप्रै मुलुकमा आउटलेट सञ्चालनमा छन् । नेपालका लागि यसको आधिकारिक विक्रेता जेएफसी नेपाल प्राली हो । जेएफसी नेपालका अध्यक्ष विनय उपाध्यायले पछिल्लो समयमा तोयोकाराग्गेको लोकप्रियता बढ्दै गएको बताए । 
 
तोयोकाराग्गेमा जापानबाटै पठाएको मापदण्ड अनुसार चिकेनका विभिन्न परिकार बन्ने जानकारी दिइएको छ । मसला तथा स्वादका लागि प्रयोग हुने सामान जापानबाटै आउने र चिकेन भने स्थानीय उत्पादन प्रयोग हुने आउटलेट सञ्चालकहरुले बताएका छन् । 
 
दरबारमार्गमा खुलेको आउटलेटमा मिटिङ हलको समेत व्यवस्था रहेको जानकारी उद्घाटन कार्यक्रममा दिइयो । यो रेष्टुरेण्टको पहिलो आउटलेट एक वर्ष अघि नेपालमा खुलेको हो । 
 

Tata
GBIME
Nepal Life