भुकम्पमा उत्कृष्ट सेवा दिए वापत राष्ट्रिय वाणिज्य बैंक सम्मानित, उपराष्ट्रपतिले दिए पुरस्कार

बिजमाण्डू
२०७३ बैशाख २३ गते ००:०० | May 5, 2016
भुकम्पमा उत्कृष्ट सेवा दिए वापत राष्ट्रिय वाणिज्य बैंक सम्मानित, उपराष्ट्रपतिले दिए पुरस्कार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकलाई 'वेस्ट आइसिटी युजर इन पब्लिक सेक्टर अवार्ड-२०१६' बाट सम्मानित गरिएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको उपलक्षमा आयोजित कार्यक्रममा बैंकलाई सम्मान गरिएको हो ।
 
उपराष्ट्रपति नन्दबहादुर पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई पुरस्का प्रदान गरेका थिए ।
 
गत साल बैशाखको बिनासकारी भूकम्पको समयमा देशमा सञ्चालित अन्य बैकहरुले आफ्नो सेवा सञ्चालन गर्न नसकेको अवस्थामा समेत देश र जनताको लागि अतुलनिय बैकिंग सेवा प्रदान गरे बापत राष्ट्रिय बाणिज्य बैकलाई पुरस्कार प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 
बैकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै नेपाली बजारमा उपलब्ध सबै प्रकारका सेवा निरन्तर रुपमा दिदै आएको छ । ती सेवा बिनासकारी भूकम्पको समयमा समेत बिना अवरोध प्रवाह गरेको विज्ञप्तिमा जनाइएको छ । सरकारको सूचना प्रविधि विभाग तथा कम्प्यूटर एशोसिएसन अफ नेपाल महासंघले हरेक बर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना प्रविधि दिवसको रुपमा मनाउदै आएका छन्।

Tata
GBIME
Nepal Life