राजनीतिक अन्यौलले लगानीकर्तालाई पनि असर, अधिकांस कम्पनी सेयर ओर्लियो, थोरैले मात्रै कमाए

बिजमाण्डू
२०७३ बैशाख २३ गते ००:०० | May 5, 2016
राजनीतिक अन्यौलले लगानीकर्तालाई पनि असर, अधिकांस कम्पनी सेयर ओर्लियो, थोरैले मात्रै कमाए
काठमाडौं । राजनीतिक अन्यौलले पुँजीबजारलाई पनि असर गर्यो । विहीबार पनि बजार शिथिल देखियो । नेप्से परिसूचक १५०० विन्दुतर्फ लागेको बेला सरकार परिवर्तनको बहसले बजारलाई १४६३ अंकमा ओराल्यो । सरकार परिवर्तनको पहल सुरु भएपछि बुधबार र विहीबार दुबै दिन बजार घट्यो ।
 
विहीबार नेप्से करिब पाँच अंकले ओर्लियो । कारोबार सुरु हुनासाथ घट्न थालेको बजार आधा घण्टामा १४५० अंकसम्ममा ओलिएको थियो । आधा घण्टामै करिब १८ अंकले घटेको बजार फेरि सम्हालिएर १४६३.१३ अंकमा पुगेको हो । 
कारोबार रकम पनि ७३ करोड १७ लाख मात्रै भयो । मंगलबार ९६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । सरकार परिवर्तन हुन्छ र नयाँ सरकारको आर्थिक दृष्टिकोण तथा पुँजी बजार प्रति लिने नीति कस्तो हुने हो भन्ने अन्यौल लगानी कर्तामा छ । यो मनोवैज्ञानिक त्रास हो ।
 
कारोबार भएका आठ वटा समूह मध्ये ६ समूहको सूचक घटेको छ । बैंक, इन्स्योरेन्स, जलविद्यूत, विकास बैंक, उत्पादन मुलक र फाइनान्स समूहको सूचक घट्यो भने होटलका लगानीकर्ताले मात्रै कमाएका छन् । टेलिकम सूचिकृत अन्य समूहको सूचक परिवर्तन भएन । 
 
केही लघुवित्तका लगानीकर्ताले विहीबार कमाएका छन् । नागबेली लघुवित्त, मिथिला लघुवित्त धेरै कमाउनेमा परेका छन् । यी दुई वटा कम्पनीको सेयर मूल्य मात्रै विहीबार प्रतिकित्ता सय रुपैयाँ भन्दा धेरैले बढ्यो । 
 
सबैभन्दा धेरै युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२० रुपैयाँले घट्यो । एभरेष्ट बैंक, स्वरोजगार लघुवित्त, समिट माइक्रोफाइनान्स, नेरुडे लघुवित्त र कसमस विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँ भन्दा धेरैले घटेको छ । 

Tata
GBIME
Nepal Life

सबैभन्दा धेरै एभरेष्ट बै‌ककाे सेयर किनबेच भएको छ। यो बै‌ंककाे सात कराेड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।