भिजी सुजुकीले खोल्यो विराटनगरमा शोरुम, मोटरसाइकल विक्रि गर्न बैक र फाइनान्ससंग सम्झौता

बिजमाण्डू
२०७३ बैशाख २३ गते ००:०० | May 5, 2016
भिजी सुजुकीले खोल्यो विराटनगरमा शोरुम, मोटरसाइकल विक्रि गर्न बैक र फाइनान्ससंग सम्झौता
काठमाडौं। सुजुकी मोटरसाइकलले मोरङको विराटनगरमा नयाँ शोरुम सञ्चालन गरेको छ। भिजी सुजुकीले बराटचोक बजार स्थित धिमाल ब्रोदर्स एण्ड अटो ट्रेडले नामको शोरुम संचालनमा ल्याएको हो। शोरुमको उधोग बाणिज्य संघ मोरङ्गका अध्यक्ष नबराज चापागाईले उद्घाटन गरे।

Tata
GBIME
Nepal Life

कार्यक्रममा भि.जी. सुजुकी मोटर साईकलका महाप्रबन्धक अधिर कुमार श्रेष्ठले विश्वको उत्कृष्ट ब्राण्ड सुजुकी मोटर साइकल ग्राहकको पहिलो रोजाइमा पारेर विराटनगरलाई सुजुकीमय बनाउने दाबी गरे।

उद्धघाटन संगै सुजुकी सोरुममा एक लाख ६४ हजार ९ सय रुपैयां देखी दुई लाख ७९ हजार ९ सय रुपैयां सम्मका स्कूटर तथा मोटरसाईकल पाइने सञ्चालकले जानकारी दिए। विहिवार मोटरसाईकल खरिद गर्ने ग्राहकलाई  सुजुकीको नयाँ बर्षको स्किम  साथै आकर्षक गिफ्ट हेम्पर दिएको बताएको कम्पनीले जनाएको छ।

 नेपालको अग्रणी व्यापारिक घराना बिशाल ग्रुपले नेपालमा सुजुकी मोटर साईकलको बजार व्यवस्थापन एवं बितरणको लागी सुजुकी मोटर साईकल ईण्डिया संग सहकार्य गरेको छ ।

शोरुम उद्घाटनसँगै भीजी अटोमोवाइल्स र नयाँ शोरुम धिमाल एण्ड ब्रदर्स अटो ट्रेड विच व्यापारिक साझेदारी पनि भएको छ। उक्त समारोह स्थानिय बैंकहरु, फाइनान्स कम्पनीहरु, रिकण्डिसन हाउसहरु, ग्राहक तथा मूल्याङ्कनकर्ताहरु माझ भएको थियो ।

व्यापारिक साझेदारी कार्यक्रममा भीजी अटोमोबाइल्सका तर्फबाट महाप्रबन्धक अधिरकुमार श्रेष्ठ र धिमाल एण्ड ब्रदर्स अटो ट्रेडका तर्फबाट प्रोप्राइटर सुरज धिमाल बिच हस्ताक्षर भएको थियो।