प्रधानमन्त्रीले गरे संसदलाई सम्बोधन, ‘संसदले जतिबेला जरुरी छैन भन्छ म त्यतिबेलै छोडिहाल्छु’

बिजमाण्डू
२०७३ बैशाख २३ गते ००:०० | May 5, 2016
प्रधानमन्त्रीले गरे संसदलाई सम्बोधन, ‘संसदले जतिबेला जरुरी छैन भन्छ म त्यतिबेलै छोडिहाल्छु’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदले जतिबेला जरुरी छैन भन्छ त्यतिबेलै पदबाट हट्ने बताएका छन्। बिहीबार संसद बैठकलाई संबोधन गर्दै उनले भने संसदको अभ्‍यासबाट तर्किने र भाग्ने काम नगर्ने स्पष्ट पारे।

Tata
GBIME
Nepal Life

'हामी संसदमै बसेर संसदीय अभ्यास गर्छौं तर्किने उम्किने जस्केलाबाट हिँड्ने तरिका प्रधानमन्त्रीले गर्दैन' प्रम ओलीले भने 'संसदले जतिबेला जरुरी छैन भन्छ म छोडिहाल्छु, संसदले छोड नभनेसम्म छोड्दिन।'

राष्ट्रिय सहमतिको सरकारका लागि आफु बाधक नभएको भन्दै  उनले आफु जहिले पनि राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको भन्दै त्यसका लागि आफु र आफ्नो पार्टी बाधक नभएको प्रष्ट पारे। 'यो संसदले बनाएको सरकार हो। विधिगत ढंगले सरकार फेर्न सकिन्छ' उनले भने 'सहमति कायम गरौं सही ढंगले अगाडि बढ्ने हो भने म पनि बाधक छैन मेरो पार्टी पनि बाधक छैन।'

प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमति षड्यन्त्र र धोकाको भरमा नहुने भन्दै त्यसका लागि इमान्दारिता चाहिने बताए। 'राष्ट्रिय सहमति षड्यन्त्र र धोकाको भरमा उम्रिदैन, उनले भने ' देशको आवश्यकता र त्यसलाई पूरा गर्ने इमान्दारितामा सहमति हुन्छ।'प्रधानमन्त्री ओलीले सहमतिको सरकार बनाउँ भन्दा भन्दा आफ्नो घाँटी सुकेको पनि दावी गरे।

सरकारले संसद विघटन गर्दैछ भन्ने हल्ला चलाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यस प्रकारको सोँच नभएको प्रष्ट पारे। उनले अहिलेको सरकार हटाउनुपर्ने कारण के हो भन्दै प्रधानमन्त्रीले सँधै अस्थिरताको दौडमा नलाग्न दलहरुलाई आग्रह गरे। अहिले अचम्म अचम्मका दृश्य देखिएका छन् यसले समस्या समाधान हुँदैन' उनले भने 'हामी देशका निम्ति जिम्मेवार राजनीतिक दलहरु खुला छलफल गरौं।'