हिमालयन बैंकले तेस्रो त्रैमासिक अवधिसम्म ४१ करोड नाफा बढायो, खुद नाफा एक अर्ब ३१ करोड रुपैयाँ

बिजमाण्डू
२०७३ बैशाख २४ गते ००:०० | May 6, 2016

काठमाडौं । हिमालयन बैैंकले तेस्रो त्रैमासिक अवधिसम्म एक अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनमा खुद नाफा करिब ४१ करोड रुपैयाँ नाफा बढाएको हो । गत वर्षको यहि अवधिमा बैंकले ९० करोड रुपैयाँ नाफा कमाएको थियो ।

Tata
GBIME
Nepal Life

खुद व्याज आम्दानी ५५ करोड रुपैयाँ बढाएपछि बैंकको नाफामा उल्लेख्य बृद्धि देखिएको हो । यस अवधिमा बैंकले दुई अर्ब ४४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

फि, कमिशन तथ डिस्काउन्टबाट बैंकले ४७ करोड रुपैयाँ कमाएको छ । त्यस्तै विदेशी विनिमय कारोबारबाट ४३ करोड रुपैयाँ र अन्य सञ्चालन आम्दानी १५ करोड रुपैयाँ नाफा गरेको छ । यी तीन शीर्षकमा गरेको आम्दानीले बैंकको खुद नाफामा उल्लेख्य बृद्धि देखाएको हो ।

बैंकको निक्षेपमा निकै ठूलो बृद्धि गरेको छ । यो अवधिमा बैंकले १२ अर्ब रुपैयाँ निक्षेप बढाएर ८० अर्ब पुर्याएको छ भने १० अर्ब रुपैयाँ कर्जा लगानी बढाएर ६५ अर्ब रुपैयाँ पुर्याएको छ ।