साताभरमा सुनको भाउ ६ सय रुपैयाँले सस्तियो, शुक्रबार ५६ हजार ४ सयमा कारोबार, चाँदी स्थिर

बिजमाण्डू
२०७३ बैशाख २४ गते ००:०० | May 6, 2016
साताभरमा सुनको भाउ ६ सय रुपैयाँले सस्तियो, शुक्रबार ५६ हजार ४ सयमा कारोबार, चाँदी स्थिर

काठमाडौं। साताको दोस्रो दिनदेखि ओरालो लागेको सुनको साताभरमा ६ सय रुपैयाँले घटेको छ। साताको अन्तिम दिन शुक्रबार सुनको भाउ एक सय रुपैयाँले सस्तिएको छ।

Tata
GBIME
Nepal Life

साताको अन्तिम दिन सुनको भाउ घटेको छ। विहिबार स्थिर रहेको सुनको भाउ शुक्रबार भने तोलाको एक सय रुपैयाँले सस्तिएको छ। साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलाको तीन सय रुपैयाँले घटेको थियो। मंगलबार सुनको भाउ स्थिर रह्यो। बुधबार सुनको भाउ दुई सय रुपैयाँले सस्तियो भने विहिबार फेरि स्थिर रह्यो।  

महासंघका अनुसार आइतबार सुन तोलामा ५७ हजार रुपैयाँमा किनबेच भएको थियो। सोमबार सुनको भाउ तोलाको ५६ हजार सात सय रुपैयाँ पुगेको थियो भने बुधबार ५६ हजार पाँच सय रुपैयाँ पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५६ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ। विहिबार सुनको भाउ तोलाको ५६ हजार पाँच सय रुपैयाँ कायम भएको थियो।

साता भरमा चाँदीको भाउ दस रुपैयाँले घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।