नागपोखरीमा बन्ने पाँच तारे मेरिअट होटलमा तीन बैंकको तीन अर्ब २० करोड लगानी, २०१८ बाट सञ्चालनमा

बिजमाण्डू
२०७३ बैशाख २४ गते ००:०० | May 6, 2016
नागपोखरीमा बन्ने पाँच तारे मेरिअट होटलमा तीन बैंकको तीन अर्ब २० करोड लगानी, २०१८ बाट सञ्चालनमा

काठमाडौं ।
सहवित्तीयकरणमा एनएमबी बैंकले नागपोखरीमा निर्माण हुने मेरिअट डिलक्स फाइव स्टार होटलका लागि ऋण लगानी ग र्ने भएको छ । एनएमबीसँगै प्रभु बैंक र एनबी बैंकले होटलमा लगानी गरेका हुन् ।
 
होटलको कुल लागत चार अर्ब रुपैयाँ छ । यसमध्ये तीन बैंकले तीन अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । होटलमा २३० कोठाका साथै स्वीमिङ पुल, क्‍यासिनो, मिनी गल्फ, कन्फ्रेन्स हल, ब्याङकेट हल, हेल्थ क्लवलगायतका सुविधा हुनेछ । २०१८ बाट सञ्चालन गर्ने होटलको योजना छ ।

Tata
GBIME
Nepal Life