अब साउदी अरबबाट पठाएको पैसा ग्लोबल आइएमइबाट झिक्न मिल्ने, अलनिमाको इरसलसँग सम्झौता

बिजमाण्डू
२०७३ बैशाख २४ गते ००:०० | May 6, 2016
अब साउदी अरबबाट पठाएको पैसा ग्लोबल आइएमइबाट झिक्न मिल्ने, अलनिमाको इरसलसँग सम्झौता
काठमाडौं । साउदी अरेवियाबाट नेपाल भित्रिने रेमिट्यान्स कारोबार सहज होस भन्ने उद्धेश्यले ग्लोबल आइएमई बैंकले साउदी अरेवियाको अलनिमाको इरसल मनि ट्रान्सफर सेवासँग रेमिट्यान्स पठाउन सुरु गरेको छ ।

Tata
GBIME
Nepal Life

अब साउदी अरेवियामा रहेका नेपालीहरुले अलनिमा बैंकको इरसल मनि ट्रान्सफर सेवाका ५० वटा एजेन्टहरु मार्फत नेपालमा आफ्ना आफन्तलाई सजिल्यैसँग पैसा पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ । साउदीबाट पठाएको पैसा नेपालभर रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु र एस रेमिटका एजेन्टहरु मार्फतबाट तुरुन्त भुक्तानी गर्न सकिने छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै युएई, कतार, बहराईन, भारत, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीयाल लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरुसँगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।