अब स्याउको पनि बिमा, पहिलो पटक मौसम सूचकाङ्क आधारित स्याउखेतीको बिमा

बिजमाण्डू
२०७३ बैशाख २४ गते ००:०० | May 6, 2016
जुम्ला । नेपालमा पहिलो पटक मौसम सूचकाङ्क आधारित स्याउखेतीको बिमा जुम्लाबाट सुरु गरिने भएको छ ।

Tata
GBIME
Nepal Life

स्याउखेती बिमाका लागि सक्षम एक्सेस टु फाइनाइन्स कार्यक्रमको सहयोगमा शिखर इन्स्योरेन्स कम्पनीले कार्य थालनी गरेको हो । सो कम्पनीले जुम्लामा बिहीबार स्याउखेती बिमाको उद्घाटन गरेको छ । कार्यक्रमको उद्घाटन बिमा समितिका अध्यक्ष प्रा डा फत्तबहादुर केसीले गरे ।

प्रा डा केसीले सरकारले यस्तो बिमामा ७५ प्रतिशत अनुदान दिएको बताए । मुलुकका अन्य जिल्लामा कार्यक्रम विस्तार गर्ने बताउँदै उनले बिमालाई जीवन पद्दति बनाउन सहभागी किसानलाई आग्रह गरे । रासस