लगानीकर्तालाई ओटिसी प्लेटफर्म प्रयोग गर्न धितोपत्र बोर्डको सुझाव, कस्ता लगानीकर्ता उपयुक्त?

बिजमाण्डू
२०७३ बैशाख २४ गते ००:०० | May 6, 2016
लगानीकर्तालाई ओटिसी प्लेटफर्म प्रयोग गर्न धितोपत्र बोर्डको सुझाव, कस्ता लगानीकर्ता उपयुक्त?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ओभर द काउन्टर (ओटिसी) कारोबारलाई प्रयोग गर्न लगानीकर्ता तथा पब्लिक कम्पनीहरुलाई आग्रह गरेको छ । बोर्डले सूचीकरण नभएका, सूचीकरण खारेजीमा परेका तथा सूचीकरणका आधारहरु पुरा गर्न नसकेको कम्पनीहरुलाई ओटिसी प्लेटफर्म प्रयोग गर्न सुझाव दिएको हो । 
बोर्डले गत पुसमा कम्पनी रजिष्ट्रारको कार्यालयलाई धितोपत्रको ओटिसी कारोबार हुनसक्ने भएको आवश्यक प्रक्रिया मिलाइदिने विषयमा जानकारी दिएको थियो । त्यसयता चार वटा पब्लिक कम्पनीले ओटिसी कारोबार गरेका छन् । 
 
बजारबाट बाहिरिन चाहने लगानीकर्तालाई ओटिसीले सहयोग गर्नेछ । कारोबार मूल्य तथा तिर्नुपर्ने करहरु पारदर्शि भएर विवादमुक्त कारोबार गर्ने माध्यमका रुपमा ओटिसीलाई प्रयोग गर्न पनि बोर्डले सुझाव दिएको छ। हालसम्म ओटिसी विनियमावली अनुसार चार वटा कम्पनीको आठ लाख २७ हजार कित्ता सेयर ओटिसी बजारमा कारोबार भएको छ । 
 

Tata
GBIME
Nepal Life