सरकारकै कारण कालोबजारी गर्न वाध्य: तेल ब्यवसायी, जथाभावी तेल ल्याउन दिए तालाचावी वुझाउने

बिजमाण्डू
२०७३ बैशाख २४ गते ००:०० | May 6, 2016
काठमाडौं । पेट्रालियम व्यावसायीहरुले सरकारले नै तेलको कालोबजारी गरिरहेको आरोप लगाएका छन् । नेपाल आयल निगमले व्यावसायिहरुलाई दिने गरेको इन्धनका ट्याङ्करमा परिमाण भन्दा थोरै मात्रामा इन्धन दिएर जबर्जस्ति कालोबजारी गर्न लगाएको आरोप लगाएका छन् ।
 
राजधानिमा जारी नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको ३९ औं बार्षिक साधारण सभा तथा १५ औं राष्ट्रिय सम्मेलनमा व्यवसायीहरुले निगममा भ्रष्टाचार मौलाएको र त्यसलाई सरकारले रोक्न नसकेको आरोप लगाए।
 
व्यावसायिहरुले निगममा हुने भ्रस्टाचार रोक्ने आपूर्ती सचिव श्रीधर सापकोटालाई आग्रह गरे।
 
उनीहरुले निगमले दिने तेलमा क्रस चेक नगरी सोझै व्यावसायिकोमा दिने गरेकाले खुद नोक्सान व्यावसायिले व्यहोरी रहनुपरेको बताए। तापक्रम मापन नगरी अबैज्ञानिक तरिकावाट तेल दिने गरेको एसोसिएसनका निबर्तमान अध्यक्ष सरोजप्रसाद पाण्डेले आरोप लगाए। उनले मन्त्रालय, निगम र व्यावसायि मिलेर समस्याको समाधान गर्न सकिने भन्दै सरकारको पोलिसी सुधारेर स्थायी सरकारलाई सधाउने प्रतिबद्धता समेत व्यक्त गरे।
 
तेल व्यवसायीले प्रतिस्पर्धाको नाममा निजी क्षेत्रलाई पुर्वाधारबिना नै तेल आयात गर्न स्वीकृति दिएको भन्दै त्यो कदम फिर्ता नगरे तालाचावी सरकारलाई जिम्मा लगाउने धम्की दिए।
 
कार्यक्रममा सचिव सापकोटाले नीजिक्षेत्रको साझेदारीले मात्र देशको विकास सम्भव हुने भन्दै व्यावसायिलाई सहकार्य गर्न आग्रह गरे। सरकारले चाँडै नै निगमको प्रतिस्पर्धि कम्पनी आउन लागेको र त्यसका लागि सञ्चालन अनुपति दिइसकेको बताए।
 
व्यावसायिले निगमले इन्धन पर्याप्त मात्रामा नदिएको भन्ने गुनासोको उत्तर दिदै सापकोटाले  निगम चाँडै अटोमेसन सिस्टममा जाने र त्यसपछि कसैलाई पनि भेदभाव नहुने भन्दै केहि समय पर्खन आग्रह गरे।
 
 
कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सार्वजनिक रुपमा नउत्रन व्यावसायिलाई धम्की दिए। उनले भने समस्याको समाधान निगममा बसेर गर्न सकिन्छ तपाईहरु यस्तो सार्वजनिक स्थानमा आएर निगमको विरोध गर्नुहुन्छ यो प्रक्रिया राम्रो भएन। सबैकुरा मिलाएर ल्याए निगम व्यवसायिसँग निष्कर्ष निस्कने तयारीका साथ वार्ता गर्न तयार रहेको जानकारी दिए।
 
पेट्रोलियम नीति आउँदै
नेपालमा देखिएको इन्धनको अस्तव्यस्त अवस्थालाई समाधान गर्न आपुर्ती मन्त्रालयले चाँडै पेट्रोलियम नीति ल्याउने भएको छ । नयाँ नीति ल्याएपछि इन्धनसँग सम्बन्धित कुनैपनि समस्या तत्काल सम्वोधन हुने सचिव सापकोटाले जनाकारी दिए। 'ड्राफ्टिङको सकेर फाइनल चरणमा पुगेको छ' सापकोटाले भने 'पेट्रोलियम ट्रान्जेक्सन एक्ट तयार भइसकेको छ व्यावसायिसंगको छलफलपछि चाँडै नै मन्त्रीपरिषदमा निर्णयका लागि लैजान्छौ।'

Tata
GBIME
Nepal Life