दक्षिण एसियाली वीमाका नियमनकारी निकायहरुको सम्मेलन अर्को साता , सम्मेलन कृषि वीमा केन्द्रित

बिजमाण्डू
२०७३ बैशाख २४ गते ००:०० | May 6, 2016
काठमाडौं। दक्षिण एसियाली मुलुकहरुको बीमा नियमनकारी निकायहरुको तेस्रो सम्मेलन तथा अन्तराष्ट्रिय वीमा सम्मेलन हुने भएको छ । गत सालको भुकम्पका कारण स्थगित भएको सम्मेलन यही वैशाख ३० र ३१ गते काठमाडौंमा हुने भएको छ।

Tata
GBIME
Nepal Life

सम्मेलनमा वीमाको पहुँच बढाउने, बीमाको भुमिका, विश्वव्यापी जलवायु परिवर्तनबाट हुने जोखिम, भुकम्पका असर तथा अपनाउनुपर्ने उपायका विषयमा छलफल हुने कार्यक्रमका संयोजक भोजराज शर्माले जानकारी दिए । कार्यक्रम विशेषगरी कृषि वीमा तथा समावेशी वीमामा केन्द्रित रहने उनले बताए । ‘वीमालार्इ गाउँ गाउँमा पुर्‍याइने विषयमा छलफल हुनेछ’ उनले भने, वीमा गर्न सक्ने र नसक्ने दुवैलाई कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिनेछ।

कार्यक्रममा कृषि वीमाको विषयलाई पनि प्राथमिकता दिइने शर्माले जानकारी दिए । हाल वाली बीमाका लागि ७ प्रतिशत र पशुपंक्षी वीमाका लागि १३ प्रतिशतको व्यवस्था गरिएको छ।कार्यक्रमको दोस्रो दिन विमकका क्षमता तथा वीमा दाबीको सरलीकरण, विमकलाई टाट पल्टिनबाट जोगार्इ उपभोक्ताको हकहित र सुरक्षाको विषयमा विश्वव्यापी चासोको बारेमा र जोखीम आधारित पूँजी तथा खारेजी मार्जिनबारे प्रस्तुती, स्वास्थ्य वीमा लगायतका विषयमाथी छलफल समावेश गरिएको छ।अन्तिममा वीमा नियमनकारी निकायहरुको सुपरीवेक्षणको विषयमा आपसी सहयोगबाट वीमा व्यवसाय बिस्तार तथा गुणात्मक तुल्याउने सन्दर्भमा सम्बोधन हुने शर्माले जानकारी दिए।