नयाँ स्मार्टफोन किन्नु भएको छ ? त्यसो हो भने आफ्नो स्मार्टफोनको सुरक्षाका लागि यसरी सोच्नुहोस्

बिजमाण्डू
२०७३ जेठ ३ गते ००:०० | May 16, 2016
नयाँ स्मार्टफोन  किन्नु भएको छ ? त्यसो हो भने आफ्नो स्मार्टफोनको सुरक्षाका लागि यसरी सोच्नुहोस्
डिस्प्लेको सुरक्षा
कहिलेकाँही प्रिमियम स्मार्टफोनको डिस्प्ले पनि फुट्ने गर्छ । आफ्नो मोबाइलको सुरक्षाको लागि राम्रो टेम्पर्ड ग्लास प्रयोग गर्नुहोस् । सामान्य स्क्रिन गार्डले स्मार्टफोनलाई स्क्र्याच हुनबाट जोगाउछ। तर स्मार्टफोन झरेको खण्डमा टेम्पर्ड ग्लासलेनै सुरक्षा दिन्छ ।

ब्याक कभरको प्रयोग
मोबाइलको सुरक्षाको लागि कहिले सम्झौता गर्नुहुँदैन। आफ्नो स्मार्टफोनलाई स्क्र्याच र धुलोबाट जोगाउन राम्रो कभर किन्नु आवश्यक छ। आजभोली बजारमा आकर्षक र फेसनेबल कभरहरु उपलब्ध छन् । आवश्यकता अनुसार ब्याक कभर किन्न सकिन्छ।
एपलकको प्रयोग गर्नुहोस्

Tata
GBIME
Nepal Life

कसैले पनि आफ्नो फोनमा निजी तस्विर, मेसेज हेरोस् भन्ने चाहँदैनन् । यसका लागि एपलक प्रयोग गर्नु जरुरी छ । यसलाई एन्ड्रोइड फोनमा गुगल प्लेस्टोरमा डाउनलोड गर्न सकिन्छ। मोबाइलका प्रत्येक फाइललाई यस एपबाट लक गर्न सकिन्छ ।
फोन चोरी भएमा पत्ता लगाउन सकिन्छ

स्मार्टफोन चोरी भएमा निकै तनाव महसुस हुन्छ। यस तनावबाट बच्नका लागि ध्यान दिनुहोस् कि तपाईको स्मार्टफोनमा एन्ड्रोइड डिभाइस म्यानेजर एक्टिभेट छ या छैन। यसबाट तपाईलाई लोकेसन पत्ता लगाउन मद्दत मिल्छ। यसका लागि आफ्नो मोबाइलको गुगल सेटिङमा जानुहोस्। स्क्रल डाउन गरेपछि तपाईले सेक्युरिटी अप्सन पाउनुहुन्छ। यसलाई दबाएर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुहोस्। रिमोट्ली लोकेट डिभाइस या अलाउ रिमोट लक एण्ड इरेज अन अर अफ मा क्लिक गर्नुहोस् । ध्यान दिनुहोस् कि एक्सेस टु माइ लोकेसन पनि अन गर्नुहोस्। यसका लागि मोबाइलमा गुगल साइन इन हुनु जरुरी छ।

एन्टी मालवेयर सफ्टवेयरको प्रयोग गर्नुहोस्
तपाईले आफ्नो स्मार्टफोनको डाटा पनि सुरक्षित राख्न सक्नुहुन्छर। नयाँ फोन लिना साथ यसमा एन्टिभाइरसको प्रयोग गर्नु अत्यन्त जरुरी छ।