शुक्रबार देखि राजधानीमा ज्वेलरी एक्स्पो, गहनासहित रत्न, पत्थर र आधुनिक मेशिनरीको प्रदर्शन हुने

बिजमाण्डू
२०७३ जेठ ४ गते ००:०० | May 17, 2016
काठमाडौं । नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६ को तयारी पुरा भएको छ । नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले आयोजना गर्न लागेको यो मेलामा स्वदेशी तथा विदेशी सहित ५९ वटा स्टल रहने छन् । यो एक्स्पो जेठ ७ देखि ९ गतेसम्म राजधानीमा आयोजना हुनेछ । 
एक्स्पोमा स्वदेशी ५३ वटा र विदेशी ६ वटा स्टल रहने जानकारी दिइएको छ । एक्स्पो मार्पmत अन्तर्राष्ट्रिय बजारमा नेपाली गहना निर्यातका लागि व्यवसायीलाई अभिप्रेरित गर्ने उद्देश्य राखिएको जानकारी दिइएको छ । बाह्य कम्पनीलाई नेपालको आभुषण एवं रत्न, पत्थर लगायतमा आधुनिक प्रविधि तथा संयुक्त पूँजी लगानीका पनि प्रोत्साहित गरिने छ। 
 
भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील र जेमलोजिकल इन्ष्टिच्युट अफ अमेरिका (भारतमा कार्यरत) र दि न्यु ज्वेलरी म्यागाजिनले पनि स्टल राख्ने जानकारी आयोजकहरुले मंगलबार अयोजना गरेको पत्रकार सम्मेलनमा दिइयो । 
 
एक्स्पोमा बहुमूल्य गरगहना तथा हस्तकलाको अतिरिक्त रत्न, पत्थर एवं आधुनिक मेसिनरी, आभुषणयुक्त घडीलगायतका सामग्री प्रदर्शन गरिने छ। एक्स्पोमा ज्वेलरी सम्बन्धि सेमिनार, जेम कटिङ्ग, पोलिसिंङ्ग, फिनिसिंङ्गको प्रत्यक्ष प्रस्तुति पनि हुनेछ । 
 

Tata
GBIME
Nepal Life