केरुङ पुग्यो चिनियाँ रेलबाट काठमाडौँका लागि पठाइएका सामान, हेर्नुस् ८ फोटो

बिजमाण्डू
२०७३ जेठ ५ गते ००:०० | May 18, 2016
काठमाडौँ । अघिल्लो बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान झाउबाट काठमाडौँका लागि छुटेको रेलको सामान नेपाली सीमा केरुङ आइपुगेको छ।
'लान झाउ- काठमाडौँ रेल' लेखेर दैनिक आवश्यकता र घरायासी उपकरणहरुसहितको ८६ कार्गो कन्टेनरसहितको रेल २ हजार ४ सय ३१ किलोमिटरको यात्रा गर्दै सिगात्सेसम्म पुगेको थियो। सिगात्सेबाट चिनियाँ मालवाहक ट्रकहरु हुँदै  ५६४ किलोमिटर सडक यात्रा गर्दै नेपाल-चीन सीमा केरुङ पुगेको सामान लिन नेपाली ट्रक पुगिसकेको छ। केरुङबाट काठमाडौँसम्मको सडक यात्राको दूरी भने १६० किलोमिटर रहेको छ। 
 
सिन्ह्वाले बुधबार राखेका फोटोहरुमा कन्टेनरहरु चिनियाँ ट्रकबाट निकालिएको र त्यसलाई लिन नेपाली ट्रक पुगेको देखाइएको छ। 
 
हेर्नुस् सिन्ह्वाका फोटो-
चिनियाँ गाडीबाट मालसामानसहितको कन्टेनर झिक्दै क्रेन। 
चिनियाँ ट्रक र त्यसले ल्याएको सामान लिन पुगेको नेपाली ट्रक। 
चिनियाँ भूमिबाट सामान लोड गरेर नेपालतर्फ जाँदै गरेको नवदुर्गा ट्रान्सपोर्टको ट्रक। 
चिनियाँ ट्रकबाट कन्टेनर निकाल्दै क्रेन। 
रेल  र सडक मार्ग हुँदै आएको सामान चिनियाँ ट्रकबाट निकालेर नेपाली ट्रकमा हाल्दै चिनियाँ कर्मचारी 

Tata
GBIME
Nepal Life