नेपालमा अायाे आइफोन एसई स्मार्टफाेन, १६ जिबिको ५८ हजार रुपैयाँ, जेनेरेसन नेक्स्टले लन्च गर्यो

बिजमाण्डू
२०७३ जेठ ५ गते ००:०० | May 18, 2016
नेपालमा अायाे आइफोन एसई स्मार्टफाेन, १६ जिबिको ५८ हजार रुपैयाँ, जेनेरेसन नेक्स्टले लन्च गर्यो
काठमाडौं। जेनेरेसन नेक्स्टले नेपालमा एप्पलको नयाँ र सस्तो भनिएको आइफोन एसई सार्वजनिक गरेको छ। नेपालमा एप्पलका उत्पादनहरुको आधिकारीक वितरका रुपमा रहेको भिमसरिया ग्रुप अन्तर्गतको जेननेक्स्टले नेपालमा आइफोन, आइप्याड, म्याकबुक र एप्पलका ओरिजिनल सामाग्रीको वितरण गर्छ।

Tata
GBIME
Nepal Life

आइफोन ५ र ६ संग मिल्दोजुल्दो यो फोनमा ४ इन्चको रेटिना डिस्प्ले रहेको छ जुन सामसुङका कुनैपनि ठूला स्क्रिन भएका मोवाइलसंग प्रतिस्पर्धा गर्न सक्ने कम्पनीले बताएको छ।

आइफोन ६ मा प्रयोग भएजस्तै ए ९ को एडभान्स चिप प्रयोग गरिएको कम्पनीले जनाएको छ जसले गर्दा मोबाइलको अपरेटिङ् स्पिड बढ्दछ। यसमा १२ मेगापिक्सलको आइस्मार्ट क्यामेरा रहेको छ जसले पिक्चरलाई सार्प तरिकाले खिच्दछ।

यो नयाँ एसइ स्पेस ग्रे, सिल्भर, गोल्ड रोज रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। जेननेक्सटले १६ जिबिलाई ५८ हजार र ६४ जिबिलाई ७१ हजार रुपैयाँ मूल्य तोकेको छ। कम्पनीले यी मोबाइलको एक बर्ष वारेन्टि हुने जनाएको छ।