लेनोभोले ल्यायो क्यास काउण्ट योजना, प्रत्येक स्मार्टफोनमा पाँचसयदेखि एकलाख सम्म नगद पाउने

बिजमाण्डू
२०७३ जेठ ६ गते ००:०० | May 19, 2016
काडमाण्डौ। लेनोभो मोवाइलले ग्राहक लक्षीत गर्दै क्यास काउन्ट योजना ल्याएको छ। नेपालमा लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रालि ले नेपाली ग्राहकहरुको मोवाइल प्रति बढ्दो मागलाई सम्वोधन गर्न क्यास काउन्ट नामक नयाँ योजना प्रस्तुत गरेको छ।

Tata
GBIME
Nepal Life

लेनोभो क्यास काउण्ट योजना अन्तर्गत प्रत्येक लेनोभो स्मार्ट फोनको खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् र स्क्रयाच गरि स्योररट पाँच सय देखि एकलाख रुपैयाँसम्म क्यास काउण्ट गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

विश्वमा ल्यापटप उत्पादनका लागि ख्यातिप्राप्त कम्पनी लेनोभोले विश्वभिरि आफ्ना ग्राहकहरुलाई उच्चस्तरिय प्रविधिक उपकरणहरु जस्तै स्मार्टफोन, ट्यावलेट र स्मार्ट टिभिहरु बिक्रि गर्दै आएको छ।

लाइफकम प्रालिका म्यानेजिङ्ग डाइरेक्टर अमित अग्रवालले विश्व प्रसिद्ध लेनोभो स्मार्टफोनमा शक्तिसाली मल्टीकोर प्रोसेसर र उत्कृष्ट डिस्प्ले रहेका कारण नेपाली उपभोक्ताको मन जिनेको बताए। कम्पनीले यो योजना दुइमहिनाका लागि मात्र रहेको जनाएको छ।

अहिले नेपाली बजारमा लेनोभोले विभिन्न मोडेलका स्मार्टफोनहरु बिक्रि गरिरहेको छ। हाल उपलब्ध स्मार्टं फोनका मोडलहरुमा लेनोभो ए ३१९ को मूल्य सात हजार पाँचसय रुपैयाँ, लेनोभो ए ३२८को १० हजार रुपैयाँ, लेनोभो ए ५३६ को १२ हजार दुइसय रुपैयाँ, लेनोभो ए  ५००० को १५ हजार दुइसय रुपैयाँ,  लेनोभो ए ६००० को १५ हजार ९ सय रुपैयाँ, लेनोभो ए १००० को ८ हजार दुइसय ५० रुपैयाँ र लेनोभो ए २०१० को ९ हजार रुपैया रहेको कम्पनीले जनाएको छ।