ह्वाट्सएपले ल्यायो डेक्सटप एप, विण्डोज र म्याक अपरेटिङ सिस्टमका लागि प्रयोग गर्न मिल्ने

बिजमाण्डू
२०७३ जेठ ६ गते ००:०० | May 19, 2016
ह्वाट्सएपले ल्यायो डेक्सटप एप, विण्डोज र म्याक अपरेटिङ सिस्टमका लागि प्रयोग गर्न मिल्ने
काठमाडौं। ग्लोबल मेसेजिङ सफ्टवेयर ह्वाट्सएपले माइक्रोसफ्टको विण्डोज र एप्पलको आइओएस अपरेटिङ सिस्टमका कम्म्युटरमा प्रयोग गर्न मिल्ने डेस्कटप एप सार्बजनिक गरेको छ।
 

Tata
GBIME
Nepal Life

वेबसाइटमा मेसेजिङ्ग सर्भिस सुचारु गरेको डेढ बर्षपछि फेसबुक ब्राण्डको ‘ह्वाट्सएप’ डेस्कटपको लागि सार्वजनिक गरेको हो।

६२ एम वि रहेको यो एपको सामान्य रुपमा अरु एपजस्तै डाउनलोड र इन्सटल गर्न सकिनेछ।
मे १० मा सार्वजनिक गरिएको उक्त एप विण्डोज ८ वा सोभन्दा माथिका र म्याक ओएस १०.९ वा सोभन्दा माथिका सिस्टमहरूका लागि प्रयोग गर्न सकिने ह्वाट्सएपको ब्लगमा उल्लेख छ।
 

ह्वाट्सएप वेब जस्तै डेस्कटप एप पनि फोनको एउटा साधारण एक्सटेन्शन हो र तपाईँको मोबाइल डिभाइसमै भएका मेसेजहरू नै यो एपले देखाउँने कम्पनीले बताएको छ।

यस एपमा लगईन गर्नका लागि, ह्वाट्सएप मोबाइलबाट क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँका सबै च्याटहरू त्यस एपमा लोड हुन्छन्। डेस्कटप एप प्रयोग गर्नुको फाइदा यो हो कि डेस्कटप नोटिफिकेशन आउँदछ र मनपर्ने कीबोर्ड सर्टकटको प्रयोग गर्न पाइन्छ।