टिभिएस जेस्ट स्कुटी नेपाली बजारमा, मूल्य एक लाख ५९ हजार ९००, लामो दूरीको यात्रालाई लक्षित

बिजमाण्डू
२०७३ जेठ ७ गते ००:०० | May 20, 2016
टिभिएस जेस्ट स्कुटी नेपाली बजारमा, मूल्य एक लाख ५९ हजार ९००, लामो दूरीको यात्रालाई लक्षित
काठमाडौं । टिभिएस मोटर्स कम्पनी भारतको स्कुटर र मोटरसाईकलको लागि नेपालको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले टिभिएस जेस्ट नयाँ स्कुटि रेन्ज बजारमा ल्याएको छ । ट्रेन्डि लुक भएको स्कुटरको महिला मैत्रि डिजाईन र कुनै पनि भौगोलिक क्षेत्र र दूरि, थप माईलेज र सुरक्षाका साथ सजिलै यात्रा गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Tata
GBIME
Nepal Life

स्कुटर ११० सिसी इन्जिन क्षमताको छ । लामो दुरीको यात्राका लागि तयार गरिको यो स्कुटी इन्धन किफायति भएको कम्पनीको दावी छ । अगाडि र पछाडि रहेका एन्टि स्किड ट्युवलेस टायरले बाईकलाई थप ग्रिप दिनुका साथै पंचर हुने समस्याबाट मुक्ति दिने कम्पनीले जनाएको छ । स्कुटी पाँच रङहरुमा उपलब्ध छ । यसको मूल्य एक लाख ५९ हजार ९०० रुपैयाँ राखिएको छ ।