नासाले गर्दैछ काठमाडौं– रारा बुलेट राइड, एघारदिनसम्म चल्ने राइडमा ३५ जना इन्फिल्ड राइडर सहभागी

बिजमाण्डू
२०७३ जेठ ७ गते ००:०० | May 20, 2016
काठमाडौं ।  नासा बुलेट क्लबले काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड आयोजना गर्ने भएको छ । ११ दिनसम्म चल्ने उक्त राइड शनिबार काठमाडौंबाट प्रस्थान गर्दैछ ।

जेठ ८ गते अर्थात बुद्ध जयन्तीका दिन काठमाडौंबाट पिस राइड प्रारम्भ हुनेछ । उक्त पिस राइड नारायणगढ, लुम्बिनी, नेपालगन्ज, सुर्खेत हुँदै रारा तालसम्म पुग्ने आयोजकले बताए । पिस राइडमा बुलेट अर्थात रोयल इन्फिल्डका बाइक राइडरहरु सहभागी हुने छन् ।आयोजकका अनुसार बुलेट पिस राइडले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पुगेर शान्तिको कामना गर्नेछ । लुम्बिनीमा पोखराबाट आएका ‘द इन्फिल्ड ट्रुपर्स’ का राइडर समेत पिस राइडसँग जोडिने नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए ।

Tata
GBIME
Nepal Life

उनका अनुसार रारासम्म पुग्ने बाइकमा लुम्बिनीदेखि ‘शान्ति झन्डा’ राखिने छ । बाइकसँगै शान्ति झन्डा पनि रारा पु¥याइने छ । त्यसपछि द इन्फिल्ड ट्रुपर्सका राइडरहरु पोखरा फर्किने छन् ।बुलेट क्लबले जुम्लाको सिंजा र मुगुको गमगढीमा विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने छन् । करिब ३ सय विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिनेकेही बर्ष देखि मात्र सडक यातायातले जोडिएको कर्णाली अञ्चलको विकट स्थानमा पुगेर एड्भेन्चर स्पोर्ट, ड्राइभ टुरिजम् र रोड सेफ्टीको सन्देश दिने कार्यक्रम यो क्लबले गर्दै आएको छ ।