इटहरिको अोसन पार्कमा टाटा मोटर्सको कार मेला शुरु, स्पटमा नै फाइनान्स र एक्सचेन्जको सुविधा

बिजमाण्डू
२०७३ जेठ ७ गते ००:०० | May 20, 2016
इटहरिको अोसन पार्कमा टाटा मोटर्सको कार मेला शुरु, स्पटमा नै फाइनान्स र एक्सचेन्जको सुविधा
काठमाडौं। सिप्रदी ट्रेडिङ्गको आयोजनामा ईटहरीको ओसन पार्कमा टाटा मोटर्स् कार मेला विहिवारबाट शुरु भएको छ ।
टाटा कारका पारखीहरुका लागि लक्षित गरि आयोजना गरिएको उक्त मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। मेला दुइदिनसम्म सञ्चालन हुने जनाइएको छ।

Tata
GBIME
Nepal Life


कम्पनीले मेलाको निःशुल्क प्रवेश टिकटका लागि ग्लोबल अटो ट्रेडर्स्, धरान, ईटहरी र विराटनगरमा सम्पर्क गर्न ग्राहकलाई अनुरोध गरेको छ।
 
मेलामा फाइनान्स सुविधासहित २.९९ प्रतिशत ब्याजदरमा टाटा पेसेन्जर गाडीहरुको आकर्षक रेन्ज, मूल्याङ्ककन सहित तुरुन्तै गाडी एक्सचेन्ज अफर सुविधा, हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरु, एक्स्चेन्ज लोयल्टी बोनस दिने कम्पनीले जनाएको छ।
 
कार्यक्रममा मनोरञ्जनात्मक कार्यक्रमहरु जस्तै वाटर स्लाइड, स्वीमिङ्गग पुल, रेन डान्स, वेभ पुलनेल आर्ट, फेस पेन्टिङ्ग बीबोईङ्ग, हिप हप, फ्ल्यास मोब, फोटो सुट, टेस्ट ड्राइभ, गेम र फुड स्टल लगायत अन्य थु्रपै कार्यक्रमहरु रहेको कुरा कम्पनीले जानकारी गराएको छ ।

नेपालको लागि टाटा गाडीहरुको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि ले विगत लामो समयदेखि टाटा पेसेन्जर गाडीहरुको व्यवसायमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।