११ दिने बुलेट पिस राइड सुरु, लुम्बिनीदेखि रारासम्म शान्तिको झन्डा फहराइने,२५ जना राइडर सहभागी

बिजमाण्डू
२०७३ जेठ ८ गते ००:०० | May 21, 2016
काठमाडौं ।  नासा बुलेट क्लबको अगुवाइमा काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड शनिबारदेखि सुरु भएको छ।लुम्बिनीमा पोखराबाट आएका ‘द इन्फिल्ड ट्रुपर्स’का राइडर समेत पिस राइडसँग जोडिने नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए।
रारासम्म पुग्ने बाइकमा लुम्बिनीदेखि ‘शान्ति झन्डा’ राखिनेछ। बाइकसँगै शान्ति झन्डा पनि रारा पुर्‍याइने र द इन्फिल्ड ट्रुपर्सका राइडरहरु पोखरा फर्किने लिम्बुले बताए।११ दिनसम्म चल्ने उक्त राइडका लागि सहभागीहरु आज काठमाडौंबाट प्रस्थान गरिसकेका छन्। बुलेट क्लबले जुम्लाको सिञ्जा र मुगुको गमगढीमा विद्यालय शिक्षा कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री पनि वितरण गर्ने भएको छ।

करिब तीन सय विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिने आयोजकले जानकारी दिएको छ।केही वर्षयता मात्र सडक यातायातले जोडिएको कर्णाली अञ्चलको विकट स्थानमा पुगेर यो क्लबले एड्भेन्चर स्पोर्ट, ड्राइभ टुरिज्म र रोड सेफ्टीको सन्देश दिनका लागि कार्यक्रम बनाएको हो।

Tata
GBIME
Nepal Life