बैंकका डाइरेक्टरलाई संस्था हाँक्ने विधि सिकाउँदै एनबिआइ, के के थाहा पाउनु पर्छ सञ्चालकले ?

बिजमाण्डू
२०७३ जेठ ९ गते ००:०० | May 22, 2016

काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युटले वाणिज्य बैंक र विकास बैंकका सञ्चालक समितिका सदस्यहरुको लागि ‘डाइरेक्टर्स रिफ्रेसर कोर्स’ बिषयक दुई दिने आवसीय तालिम सञ्चालन गरेको छ । तालिम कार्यक्रममा अध्यक्ष र सदस्यहरु गरी ४० जनाको सहभागिता थियो ।

Tata
GBIME
Nepal Life

बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिले निक्षेपकर्ताको अर्बौ रुपैयाँ संकलन गरेर संस्था चालउन बलियो संस्थागत सुशासन, निक्षेपकर्ताहरुको निक्षेपको सुनिश्चितता, सरोकारवालाहरुको आकांक्षा अनुरुपको काम गर्नु पर्ने सन्दर्भमा एनबिआइले तालिम आयोजना गरेको हो ।

सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थाको नीति नियम बनाउँदा समय समयमा अद्यावधिक भएको नीति, नियम, निर्देशिका तथा परिपत्रहरुलाई ध्यानमा राख्नु निकै आवश्यक हुन्छ । यही कुरालाई मध्येनजर गरेर तालिम आयोजना गरिएको एनबिआइले जनाएको छ ।
 
बलियो वित्तीय संस्थाको लागि बलियो सञ्चालक समिति विषयहरुमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र बैंक तथा वित्तीय संस्था नियमन विभाग नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले प्रस्तुती दिएका थिए ।