कार्टुनिस्ट राजेश केसीको तयारी पोशाकमा छलाङ, फलानो लुगासँग जोडियो अन्तर्राष्ट्रिय ब्रान्ड

बिजमाण्डू
२०७३ जेठ ९ गते ००:०० | May 22, 2016
काठमाडौं । कार्टुनिस्ट राजेश केसीको फलानो लुगा अन्तर्राष्ट्रिय स्तरका चर्चित ब्रान्डको नेपालको आधिकारिक बिक्रेता बनेको छ । फलानो लुगा प्रालिले एंग्री बर्ड्स, मुवी, कुङ फु पान्डा, आइस एज, पोकेमोन, बीवोप, जोशुवा ट्री, छोटा भीम, युरोपियन फुटबल क्लब रियल मेड्रिड र एसी मिलानको कपडाको नेपालको आधिकारिक बिक्रेता भएको हो । केसीले दुर्इ वर्षदेखि फलानो ब्रान्डको कपडा बिक्री गर्दै अाएका छन् ।

ती ब्रान्डका कपडा बिक्रीका साथै यी आइकनिक ब्रान्डका प्रयोगमार्फत नेपाली उपभोग्य सामाग्रीका प्रचा र व्यापारिक अवसरका लागि फलानो लुगा, उडस्टक मर्चन्डाइजिङ र ड्रिम थियटर प्रालिबीच मुम्बर्इमा सम्झौंता भएको हो । यी आइकनिक ब्रान्डहरु विभिन्न सिरिजका एप्सदेखि मनोरञ्जन र मर्चन्डाइजमा अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय छन् ।

Tata
GBIME
Nepal Life

यो नेपालमा युवा र बालबालिकामा लोकप्रिय ब्रान्डमा पर्छ । ब्रान्ड लाइसेन्सले नेपाली नुडल्स, जुस लगायतका उपभोग्य उत्पादनका कभरमा प्रचार गर्न सकिने दाबी गरिएको छ । केसीका अनुसार आगामी असारदेखि यी ब्रान्डका कपडा फलानो लुगाका आउटलेट ललितपुरको पुल्चोक र सिटीसी मलमा पाइनेछ । उनले नेपालका विभिन्न स्थानमा आउटलेट खोलेर अन्तर्राष्ट्रियस्तरको कपडा उपभोक्ता माझ पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।