गोर्खा ब्रुअरीले ल्यायो नयाँ ड्रिंक्स सोमर्सबी,स्याउ मिसिएको ड्रिंक्स मूल्य सय रुपैयाँ

बिजमाण्डू
२०७३ जेठ ९ गते ००:०० | May 22, 2016
गोर्खा ब्रुअरीले ल्यायो नयाँ ड्रिंक्स सोमर्सबी,स्याउ मिसिएको ड्रिंक्स मूल्य सय रुपैयाँ
काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा स्थापित भइसकेको नयाँ ड्रिंक्स  एप्पल साइडर सोमर्सबीको बिक्री वितरण सुरु भएको छ । विश्वका ५० मुलुकमा बिक्री भइसकेको यो उत्पादन नेपालमा वियरमा सबैभन्दा बढी बजार हिस्सा भएको गोर्खा ब्रुअरीले नेपाली बजारमा ल्याएको हो ।

Tata
GBIME
Nepal Life

गोर्खा ब्रुअरीको नवलपरासीको मुकुन्दपुरमा रहेको प्लान्टमा उत्पादन भएको यो सोमर्सबी अल्कोहलसहितको सफ्ट ड्रिंक्स हो । यसमा कुनैपनि कृत्रिम रंग र फ्लेबर नमिसाइएको कम्पनीको दाबी छ ।यो उत्पादनमा साढे चार प्रतिशत मात्रै अल्कोहल छ । वियरमा साढे पाँच प्रतिशत अल्कोहल मिसिएको हुन्छ । यो ड्रिंक्समा स्याउको जुस मिसाइएको छ । काल्सबर्गले सन् २००८मा यो डेनमार्क र नर्वेमा लन्च गरेको यो उत्पादन सफल भएपछि विश्वबजारमा ल्याइएको हो । डेनमार्क र नर्वेमा यो ड्रिंक्स मार्केट लिडर हो ।

उत्पादनको कम्पनीका नायब प्रवन्ध निर्देशक सुरेन्द्र सिलवालले औपचारिक रुपमा बिक्री शुभारम्भ गरे । उनका अनुसार नयाँ ड्रिंक्स विहानको खाना र साँझका लागि सबैभन्दा राम्रो पेयपर्दाथको रुपमा स्थापित भएको बताए ।

उनले नेपाली बजारमा नयाँ उत्पादनले मार्केट लिडर बन्ने दाबी गरे । कम्पनीका मार्केटिङ प्रमुख वैभव शर्माले नयाँ पेय पर्दाथले नेपाली उपभोक्ताको मन जित्ने दावी गरे । उनका अनुसार यो पेय पदार्थ पनि छिट्टै मार्केट लिडर बन्नेछ । दुर्इ सय पचास मिलिलिटर बोटलमा रहेको यो उत्पादनको मूल्य एक सय रुपैयाँ छ ।