सफोला खानेतेल नेपाली बजारमा, सफोलाका चार ब्रान्ड जसले तपाईको मुटु स्वस्थ राख्छ

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016

काठमाडौ । सफोला ब्रान्डका खानेतेल नेपाली बजारमा आएको छ । सफोला गोल्ड, सफोला एक्टिभ, सफोला टोटल र सफोला टेष्टि नेपाली बजारमा आएको हो । यो तेलले मुटुलाई स्वस्थ राख्न सहयोग गर्ने कम्पनीले दावी गरेको छ ।  

सफोला गोल्डमा
सफोला गोल्डमा मुफा र प्युफाले  सन्तुलन गर्न फ्याटि एसिड रहेको हुन्छ । सफोला गोल्डमा मल्टी सिड र न्युट्रिलक प्रविधिको प्रयोग गरिएको छ । न्युट्रिलक प्रविधिले तेलामा प्राकृतिक गुणको संरक्षण गर्छ ।  र यसमा ओरिज्यानोल जस्तो एण्टि–अक्सिडेण्ट पाइन्छ । ओरिज्यानोल कोलस्ट्रोल घटाउन मद्दत गर्दछ । सफोला गोल्ड ८० प्रतिशत राईस ब्रान आयल र २० प्रतिशत आयातित प्रशोधित सनफ्ल्वार आयलको मिश्रणबाट बनेको हुन्छ ।

Tata
GBIME
Nepal Life

सफोला एक्टिभ
सफोला एक्टिभ फ्याटि एसिडको सन्तुलनका साथ ओमेगा ३ को अतिरिक्त फाइदा प्रदान गर्छ । ओमेगा ३ फ्याटि एसिड विभिन्न स्वास्थ फाइदाहरुसंग सम्बन्धित छ । यसमा एण्टि–अक्सिडेण्ट जस्तै ओरिज्यानोल र भिटमिन इ पनि पाइन्छ । सफोला एक्टिभ ८० प्रतिशत राईस ब्रान आयल र २० प्रतिशत सोयाविन आयलको अद्भुत मिश्रणबाट बनेको हुन्छ ।

    
सफोला टेष्टि
सफोल टेष्टिमा ओमेगा ६ फ्याटि एसिड फाइदा प्रदान गर्छ । ओमेगा ६ फ्याटि एसिडलाई महत्वपूर्णको रुपमा लिइन्छ । जुन हाम्रो स्वास्थको लागि आवश्यक हुन्छ, जसलाई शरीरले आफैं पैदा गर्न सक्दैन । सफोला टेष्टि ६० प्रतिशत प्रशोधित मकैको तेल र २० प्रतिशत  राईस ब्रान आयलबाट बनेको हुन्छ र जसले तपाईंलाई दूवैको फाइदा दिन्छ ।

सफोला टोटल
    
सफोल टोटल एक सिनेर्जेटिक मिश्रण हो जसले तपाईंलाई मल्टि सिड प्रविधि र लोर्जव प्रविधिको फाइदा प्रदान गर्छ ।  । यो विशेष गरेर खाना पकाउन डिजाइन गरिएको छ, जब तेला उच्च तपक्रममा तताइन्छ त्यसले फ्रि ¥याडिकलहरु निर्माण गर्दछ । विशेष ध्यानपूर्वक डिजाइन गरिएको एण्टि–अक्सिडेण्ट प्रविधिका कारण उच्च तपक्रममा पनि यसले फ्रि ¥याडिकलहरु निर्माण हुनबाट रोक्छ ,जसले तेललाई खराब हुन र्दिदैन ।