शिक्षक बन्न चाहनेलाई अवसर, सेवा आयोगले निमावि तहमा ११ सय भन्दा बढी शिक्षक माग्यो

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
शिक्षक बन्न चाहनेलाई अवसर, सेवा आयोगले निमावि तहमा ११ सय भन्दा बढी शिक्षक माग्यो

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा ११ सय भन्दा बढी शिक्षक माग गरेको छ। 

Tata
GBIME
Nepal Life

सोमबार सूचना प्रकाशित गरी आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीमा बिभिन्न विषयमा गरी ११ सय १७ जना माग गरिएको हो। आयोगले यसपटक पनि विकास क्षेत्र अनुसार संख्या तोकेर शिक्षक माग गरेको छ।

२०६३ वैशाख १० गतेदेखि रिक्त रहेका सामुदायिक विद्यालयका लागि शिक्षक माग गरेको आयोगले जनाएको छ।   

आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान र संस्कृत व्याकरणका शिक्षक माग गरेको छ। शिक्षा विषय लिएर प्रविणपत्र प्रमाणपत्र तह उतीर्ण गरेका र शिक्षण लाइसेन्स प्राप्त नेपाली नागरिकले यी विषयमा दरखास्त दिन पाउनेछन्। 

दरखास्त बुझाउने मिति आउँदो असार १२ गतेसम्म तोकिएको छ। त्यस्तै दोब्बर दस्तुर तिरी असार १९ सम्म दरखास्‍त दिन सकिनेछ। दरखास्त शुल्क ७ सय रुपैयाँ र प्रत्येक समावेशी समूहका लागि थप ५ सय रुपैयाँ तोकिएको छ। लिखित परीक्षा भने २०७३ भदौ ११ गते हुने आयोगले जनाएको छ। 
कुन विषयमा कति शिक्षकको माग?

नेपाली
पूर्वाञ्चल ४९
मध्यमाञ्चल २६
पश्चिमाञ्चल ३९
मध्यपश्चिमाञ्चल २९
सुदूरपश्चिमाञ्चल १९
 
अंग्रेजी
पूर्वाञ्चल ७९
मध्यमाञ्चल ४७
पश्चिमाञ्चल १२४
मध्यपश्चिमाञ्चल ४६
सुदूरपश्चिमाञ्चल ३०
 
गणित
पूर्वाञ्चल ३३
मध्यमाञ्चल ४१
पश्चिमाञ्चल ४८
मध्यपश्चिमाञ्चल १७
सुदूरपश्चिमाञ्चल ३
 
विज्ञान
पूर्वाञ्चल ४७
मध्यमाञ्चल ३२
पश्चिमाञ्चल ५९
मध्यपश्चिमाञ्चल १२
सुदूरपश्चिमाञ्चल ३
 
सामाजिक
पूर्वाञ्चल ४३
मध्यमाञ्चल ३६
पश्चिमाञ्चल ५१
मध्यपश्चिमाञ्चल ३०
सुदूरपश्चिमाञ्चल १२
 
गणित विज्ञान
पूर्वाञ्चल ५२
मध्यमाञ्चल १७
पश्चिमाञ्चल ४५
मध्यपश्चिमाञ्चल २१
सुदूरपश्चिमाञ्चल २०
 
संस्कृत ब्याकरण
पूर्वाञ्चल १
पश्चिमाञ्चल ३
 
संस्कृत भाषा
पश्चिमाञ्चल १
 
कम्युटर विज्ञान 
पूर्वाञ्चल १
मध्यमाञ्चल १