एक अर्बको दाना उद्योगले थाल्यो उत्पादन, उच्च गुणस्तरको स्कार्इलार्क ब्रान्डमा बिक्री हुने

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
काठमाडौं । चितवनमा अर्बको लगानीमा स्थापना भएको दाना उद्योगबाट उत्पादन सुरु भएको छ । विश्वकै उत्कृष्ट मेशिनसहितको दाना उद्योग नेपालको सबैभन्दा ठूलो ह्याचरी उद्योग चलाइरहेको अविनाश समूह र भारतको पोल्ट्री उद्योगमा अग्रणी मानिने स्काईलार्क समूहको संयुक्त लगानीमा उद्योग स्थापना भएको हो ।

यो उद्योगले तीन दिन अघिदेखि उत्पादन सुरु गरेको हो । अविनाश समूहका अध्यक्ष गुणचन्द्र विष्टले  परीक्षण उत्पादन सुरु भएको बताए ।हामीले तीन दिन अघिदेखि उत्पादन सुरु गरेका हौ । एक महिनासम्म परीक्षण उत्पादन हुन्छ, उनले बिजमाण्डूसँग भने,  परीक्षण उत्पादनपछि हामी व्यवसायिक रुपमा उत्पादन थाल्नेछौ । विष्टले गुणस्तरीय दाना उत्पादन गरेर बजार पुर्याउने लक्ष्य राखेको बताउँदै दानाको एग्रेसिभ मार्केटिङमा जाने बताए ।
 
उद्योगको मेशिनरी र जग्गाका लागि पचास करोड र कच्चा पदार्थ लगायतका लागि पचास करोड रुपैयाँ लगानी भएको छ । अध्यक्ष विष्टका अनुसार दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थमा ठूलो लगानी आवश्यक पर्छ ।‘उद्योगको जग्गा र मेशिनरीको लागी ५० करोड लगानी भएको छ । दाना उद्योगमा सबैभन्दा ठूलो लगानी हुने कच्चा पदार्थमा पनि हो यसमा हाम्रो झन्डै पचास करोड लगानी भएको छ,’ उनले भने । 
 

Tata
GBIME
Nepal Life
‘प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । वैशाखभित्रै हाम्रो उत्पादन बजारमा आउँछ,’ अत्याधुनिक मेशिनबाट उत्पादन भएको गुणस्तरीय दाना बजारमा ल्याउँछौं ।’ 
-गुणचन्द्र विष्ट
अध्यक्ष
अविनाश समूह
– See more at: http://www.bizmandu.com/content/-17102.html#.V0KZpuThEdU
‘प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । वैशाखभित्रै हाम्रो उत्पादन बजारमा आउँछ,’ अत्याधुनिक मेशिनबाट उत्पादन भएको गुणस्तरीय दाना बजारमा ल्याउँछौं ।’ 
-गुणचन्द्र विष्ट
अध्यक्ष
अविनाश समूह
– See more at: http://www.bizmandu.com/content/-17102.html#.V0KZpuThEdU
‘प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । वैशाखभित्रै हाम्रो उत्पादन बजारमा आउँछ,’ अत्याधुनिक मेशिनबाट उत्पादन भएको गुणस्तरीय दाना बजारमा ल्याउँछौं ।’ 
-गुणचन्द्र विष्ट
अध्यक्ष
अविनाश समूह
– See more at: http://www.bizmandu.com/content/-17102.html#.V0KZpuThEdU

लेयर्स, वोइलरका लागि आवश्यक पर्ने दाना यो उद्योगबाट उत्पादन हुनेछ । उद्योगबाट उत्पादन हुने दानाको बजारका लागि समस्या छैन । अविनाश समूहका अत्याधुनिक दुई वटा पोल्ट्री उद्योग छन् । ती उद्योगमा रहेका कुखुराका लागि आवश्यक पर्ने दानाको माग स्काईलार्क दाना उद्योगले धान्छ । 
‘हाम्रो दाना उद्योगका लागि बजार स्थापितनै छ । हामीसँग दुई वटा अत्याधुनिक पोल्ट्री फार्म छन्,’ उनले भने, ‘ती दुई वटा फार्मका लागि आवश्यक दाना यो उद्योगबाट उत्पादन हुन्छ ।’ सुरुवातमा यो उद्योगबाट घन्टाको दश टन दाना उत्पादन हुन्छ । 
 
विष्टले छिट्टै उद्योगको क्षमता तीस टन बनाउने योजना रहेको जानकारी दिए । थप उत्पादन भएपछि आफ्नो फार्ममा खपत भएर बाँकी रहेको दाना बजारमा बिक्री गर्ने पनि उनले बताए ।‘हामीले अहिले घन्टाको १० टन मात्रै उत्पादन गर्न थालेका हौं । तर केही समयपछि घन्टाको ३० टन उत्पादन थाल्नेछौ,’ उनले भने, ‘३० टन उत्पादन गरेपछि हामी बजारमा राम्रो प्लेयरको रुपमा स्थापित हुन्छौं ।’ भूकम्प र नाकाबन्दीले दाना उद्योग संचालनमा आउन एक वर्ष ढिला भएको हो । यो समूहमा स्काईलार्कको ५१ प्रतिशत, अविनाश समूहको २४ प्रतिशत लगानी छ । बाँकी हिस्सामा पनि अन्य नेपालीले लगानी गरेका छन् । घन्टाको ३० टन दाना उत्पादन गर्ने तीन वटा उद्योग मात्रै छन् ।